मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Monday, May 17, 2010

व्यापारीमाथि खुकुरी प्रहार, बजार बन्द

दुर्गालाल केसी, दाङ, जेष्ठ ३, दाङको नारायणपुरमा दुईजना व्यापारीमाथि खुकुरी प्रहार भएको छ । होटल ब्यबसाय गर्दै आएका ५७ बर्षीय युवराज पोख्रेल र उनको घरमा डेरा गरी वस्ने सप्तरी घर भएका ३० बर्षीय हृदयलाल पण्डीतमाथि गएराति तीन जनाको संख्यामा आएका ब्यक्तिले खुकुरी प्रहार गरेका हुन् ।

घाइते युवराजको अहिले भेरी अञ्चल अस्पताल बाँकेमा उपचार भैरहेको छ । अर्का घाइते पण्डीतको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार भैरहेको छ । घरमै बसिरहेको बेला एकाएक पछाडिबाट ढाडमा खुकुरी प्रहार भएको व्यापारीहरुले बताएका छन् । व्यापारीमाथि खुकुरी प्रहार भएको बिरोधमा अहिले स्थानीय व्यापारीले नारायणपुर बजार बन्दको आह्वान गरेका छन् । अहिले नारायणपुरका सम्पूर्ण बजार बन्द रहेका छन् ।

उद्योग बाणिज्य संघले आज दिउँसो इलाका प्रहरी कार्यालय नारायणपुरमा दोषीलाई पक्राउ गरी कारवाहीको माग गर्दै ज्ञापनपत्र बुझाउने जनाएको छ । खुकुरी प्रहार गर्नेहरुमा हापुर ६ बगाले निबासि ऋषी बोहोरा लगायतको एक समूह रहेको र उनीहरुको खोजी भइरहेको इलाका प्रहरी नारायणपुरले जनाएको छ ।

शव फेला पर्‍यो
दाङमा सोमबार बिहान एक युबक मृत अबस्थामा फेला परेका छन् । उरहरी गाबिस ८ बेलगनारका २८ बर्षीय सुरेश धिताल घर जनिकै मृत अबस्थामा फेला परेको इलाका प्रहरी तुलसीपुरले जनाएको छ । धितालको अत्यधिक मदिरा सेवनका कारण मृत्यु भएको हुनसक्ने प्रहरीले आंशका गरेको छ ।

0 comments: