मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Friday, May 21, 2010

माओवादीले कुटे कङ्ग्रेस कार्यकर्ता

दाङ, जेठ ७ (नागरिक) - एकीकृत नेकपा (माओवादी)का कार्यकर्ताले गए राति दाङमा नेपाली काँग्रेसका दुइ कार्यकर्तालाई मरणासन्न हुने गरी कुटपिट गरेका छन्। इलाका प्रहरीले दिएको जानकारीअनुसार गएराति सतबरियाबाट रिहारतर्फ मोटरसाइकलमा जाँदै गरेका २२ वर्षीय विनीत खड्का र प्रदीप भण्डारीलाई आक्रमण गरेका थिए।

धारिलो हतियारसहित आएका एमाओवादी कार्यकर्ताको एउटा समूहको कुटपिटबाट खड्का र भण्डारी घाइते भएका छन्। कुटपिटका कारण गम्भीर घाइते भण्डारीको नेपालगन्जमा उपचार भइरहेको छ भने सिकिस्त खड्कालाई भने थप उपचारका लागि काठमाडौँ लगिएको छ ।

कुटपिटमा संलग्न भएको आशङ्कामा प्रहरीले एकजना वाइसिएल कार्यकर्तालाइ पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक हरिदास श्रेष्ठले पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान सुरु गरिएको जानकारी दिए।

नेपाली काँग्रेस दाङले कुटपिट गर्ने माओवादी कार्यकर्तालाई कारबाहीको माग गरेको छ। कुटपिटबाट सिकिस्त बिरामी खड्का पूर्वमन्त्री खुमबहादुर खड्काको नातेदार भएको बुझिएको छ। - रासस

0 comments: