मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Tuesday, May 25, 2010

हतियारसहित ३ पक्राउ

११ जेठ, सर्लाही । सर्लाही र बाराबाट प्रहरीले तीनजनालाई हतियारसहित पक्रेको छ ।

अखिल तराई मुक्तिमोर्चा जयकृष्ण गोइत समूहका कार्यकर्ता सर्लाही बनौली-४ का रामप्रकाश यादव एक थान पेस्तोल र त्यसमा प्रयोग हुने बाह्र राउन्ड गोलीसहित पक्राउ परेका छन् ।

उनको साथबाट १२ राउण्ड गोली र म्यागजिन २ थान, भारतीय नम्वरको सिमकार्ड २ थान र नेपाली नम्बरको सिमकार्ड १ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

सर्लाहीकै कविलासी-९ बाट रामदर्शन महतो पनि एक थान पेस्तोल, दुई थान म्यागजिन र आठ राउन्ड गोलीसहित पक्राउ परेका छन् । उनको साथबाट बा ३५ प ५९५१ नम्बरको मोटरसाइकल र २४ हजार एक सय रुपैयाँ नगदसमेत प्रहरीले बरामद गरेको छ ।

यसैगरी बाराको देवपुर-८ का वकिल यादव आज दिउँसो हतियारसहित पक्राउ परेका छन् । सुरक्षा चेकजाँचको क्रममा उनको साथबाट नलकटुवा पेस्तोल र एक राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।

यादव सवार बा २८ प ७०७५ नम्बरको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । (onlinekhabar)

0 comments: