मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Tuesday, May 18, 2010

मलाई यसरी भएको थियो कारवाही

हामीलाई असाध्यै मान्नेहरू पनि हामीसँग बोल्दा जात जान्छजस्तो गर्छन् । यतिसम्म कि हामीलाई कारबाही भएलगत्तै हामी बस्ने कोठासँगै बस्नेहरू पनि नचिनेजस्तो गर्न थाले । मन खिन्न हुन्थ्यो त्यस्तो वेला । जहाँ त्यहीँका समितिले वक्तव्य निकालेर हामीलाई सकेसम्मको गद्धार हुन् भन्ने देखाउन खोजियो ।

मणि थापा, महासचिव, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल

अन्तर्संघर्षले हामी कारबाहीमा पर्दै छाँै भन्ने केही दिनपहिले नै जानकारी थियो । त्यसैले म १५ दिनअगाडि नै दिल्लीबाट पार्टीको च्यानललाई थाहै नदिई हिँडेको थिएँ । ट्रेन चढिसकेपछि मात्रै प्रचण्डजीलाई म हिँडेको जानकारी दिएको थिएँ । फोन गरेर चार/पाँच दिनका लागि म बाहिर गएको छु भन्ने खबर गरेको थिएँ ।

त्यसपछि म दार्जिलिङमा पार्टीसँग सम्पर्कविहीन भएर बसेको थिएँ । रवीन्द्रजी दिल्लीमा हुनुहुन्थ्यो । कारबाहीभन्दा केही दिनअगाडि प्रचण्डजीले दिल्लीबाट फोन गरेर भन्नुभयो, 'तपाईंहरू मिटिङमा आउनुभएन । जिम्मेवारी पनि लिनुभएको छैन । अब तपाईंहरूको विषयमा हामीले सोच्नुपर्छ ।'

म ढुक्क थिएँ । मैले पनि उहाँलाई जवाफ दिएँ, 'माक्र्सवादका विभिन्न विकल्प छन् । तपाईंहरूले जे गरे पनि म त्यसका लागि तयार छु ।' ममाथि कारबाही हँुदै छ भन्नेमा थप प्रस्ट भएँ ।

पछि बाबुरामजीले पनि फोन गर्नुभयो । उहाँले भन्नुभयो - 'तपाईंहरूलाई गुटबन्दी गरेको आरोप छ, पार्टीले केही निर्णय लिन सक्छ ।' उहाँलाई पनि मैले प्रचण्डजीलाई जस्तै जवाफ फर्काएँ । त्यसको भोलिपल्ट हामीलाई निलम्बन गरिएको वक्तव्य आयो ।

हामीले 'सांस्कृतिक क्रान्ति समूह' को नाममा ६ बुँदे अपिल जारी गर्‍यौँ । क्रान्तिकारीलाई एकताबद्ध हुन आह्वान गरेका थियौँ ।

'रवीन्द्रले समानान्तर हेडक्र्वाटर चलाएको' र थापाले 'पार्टी संगठनमा काम गर्न अनिच्छुक रहेको' आरोपमा पार्टीले २७ फागुन ०६२ मा दुवैजनालाई निलम्बन गरेको थियो । निलम्बन भएको दुई दिनपछि २९ फागुन ०६२ मा हामीलेे 'नयाँ सांस्कृतिक क्रान्ति समूह' नेकपा माओवादीका नाममा ६ बँुदे अपिल सार्वजनिक गर्‍यौँ । तर, माओवादीले हामीलाई 'भगौडा' भन्यो । हामीले उठाउन खोजेको बहस निभाउन खोजियो । रवीन्द्रलाई पार्टीले हेडक्वार्टरविरुद्ध प्रवास ब्युरोलाई भड्काउन खोजेको आरोप लगायो । मलाई निष्त्रिmय रहेको आरोप थियो । कारबाहीमा परेपछि प्रचण्ड र बाबुरामका नकारात्मक पक्षविरुद्ध नयाँ सर्वहारा सांस्कृतिक क्रान्ति गर्दै आ-आफ्नो परिस्थितिअनुकूल खुला र भूमिगत रूपले संघर्षमा लाग्न कार्यकर्तालाई अपिल गरेका

हौँ । त्यो वक्तव्य रवीन्द्रजी दिल्लीमा बसेर तयार गर्नुभएको थियो । पछि उहाँले मलाई फोनमा सुनाउनुभयो । उहाँले मलाई दार्जिलिङमै अपिलको ड्राफ्ट टिपाउनुभयो । फोनमा टिपेँ र हेरँे । पछि मेरी श्रीमती रञ्जनाले टाइप गरेकी थिइन्, त्यो अपिल । टाइप गरेपछि मैले रवीन्द्रजीलाई पढेर सुनाएँ, फोनमै । दुवैजनाले अन्तिम रूप दिएपछि सञ्चारमाध्यममा पठाइयो ।

यो अपिल सार्वजनिक भएपछि मलाई चिनेका साथीभाइले देश/विदेशबाट फोन/इमेल सम्पर्क गरे । फोन पनि आइरहे । त्यतिवेला म र मेरी श्रीमती रञ्जना सँगै थियौँ । म पार्टी सम्पर्कभन्दा बाहिर थिएँ, सुरक्षाको चासो थियो । त्यो वक्तव्य निकाल्नु चुनौतीपूर्ण र निकै जोखिमपूर्ण थियो ।

कारबाही प्रकरणपछि मेरो मनमा माओवादी आन्दोलनको सुरुवात हुँदाको उत्साह र त्यसको ७/८ वर्षपछि आएको विचलनको विषयमा कुरा खेलिरहे । ०५६/५७ तिर पार्टीले जनयुद्धको धार त्याग्न थाल्यो भनेर बहस चलाएको थिएँ । ०६० को फुन्टिवाङ बैठकमा त झनै विचलन देखियो । प्रचण्डपथमा अवरुद्धता आयो ।

कारबाहीलगत्तै हामीलाई मार्ने धेरै प्रयास गरिए । कम्युनिस्टमा यस्तो हुनु सामान्य थियो । विगतमा पनि यस्तै थिए, केही घटना । कारबाहीको भनक पाएपछि हामी दुवैजना सम्पर्कबाहिर बस्न सुरु गरेका थियाँै । हामीले पाएको सूचनाअनुसार हामी दुवैजनालाई गिरफ्तार गरी इन्जेक्सन लगाएर रोल्पा पुर्‍याउने योजना थियो । त्यतिवेला उनीहरू पनि हामीसँग डराएका थिए । किनभने त्यतिवेला शक्ति हुनेले सकेसम्म प्रयोग गर्न सक्ने सम्भावना धेरै थियो । दिल्लीमा बसेका सबै ठूला माओवादी नेताको भागाभाग भएको थियो । सबैले आफ्नो सेल्टर फेरेका थिए । प्रचण्डजी बाबुरामजीलगायतका सबै नेताले सेल्टर फेरेका थिए । त्योभन्दा बढी खतरा हामीलाई थियो, त्यसैले हामीले पनि फेरेका थियौँ । डर दुवैतिर थियो । त्यसअघि पनि कारबाहीको नाममा केही मान्छे मारिसकेको थियो ।

जनयुद्धले क्रान्तिको धारा छोडिसकेको हामीलाई लागेको थियो । हामीले भनेका

थियौँ, 'माओवादी आन्दोलन साम्राज्यवादसँग आत्मसमर्पण गरेर सकिँदै छ । मेरो अनन्तसँग पनि सोही विषयमा तीन घन्टा लामो बहस भएको थियो । भोजपुर आक्रमण गरेर फकर्ंदा निकै ठूलो बहस भयो ।

मैले माओवादी आन्दोलनसँगको असहमति पार्टी बैठकमा राख्न चाहेको थिएँ । त्यसका लागि प्रचण्डजीसँग अनुरोध पनि गरेको थिएँ । तर, उहाँले भिन्न मत राख्न नपाउने बताउनुभयो । माक्र्सवाद, माओवाद र लेलिनवादमा विचलन आउनुहँुदैन भन्ने कुरा मेरो थियो ।

माओवादीभित्र सधैँ कम्युनिस्ट आन्दोलनको विकृतिका विषयमा कुरा भए । तर, व्यवहारमा सच्याउने कुरा भएन । हामीमाथिको पूर्वाग्रह पनि त्यसैको उपज थियोजस्तो लाग्छ ।

०६३ असार महिनासम्म हामी सेल्टर फेर्दै बस्यौँ । काठमाडौं माओवादीमय भएको थियो ०६२/६३ को आन्दोलन सफल भएपछि । त्यसैले हाम्रा लागि काठमाडौंमा खतरा थियो नै । हामीले प्रचण्डजी र बाबुराम काठमाडांै आएपछि यता आउने विषयमा सोच्यौँ । रवीन्द्रजीको काठमाडांैमा त्यति डर थिएन । उहाँको पकड भएकै क्षेत्र थियो, यो । धेरै आफन्त पनि थिए, यहाँ । मेरा लागि त्यस्तो थिएन ।

हामी प्रचण्डजीहरू आएको एक महिनाको बीचमा काठमाडौं आयाँै । उहाँहरू २ असार ०६३ मा काठमाडांै आउनुभयो । उहाँहरू आएको एक महिनापछि हामी पनि काठमाडौं आयौँ । काठमाडौं आएलगत्तै हामीले आफ्ना कुरा कहाँ राख्ने भनेर सल्लाह गर्‍यौँ । संगठन छैन, हामीसँग । सडकमा चिच्याएर पनि नहुने । फेरि हामीलाई ठूलै गद्धारी गरेको प्रचार पनि थियो, त्यसलाई चिर्न आवश्यक थियो । त्यस्तो प्रतिकूल परिवेशमा हामीले वैचारिक लडाइँ जारी राख्ने सोच्यौँ । त्यसपछि मिडियामार्फत लेख लेख्ने योजना बनायौँ र लेख्न सुरु गर्‍यौँ ।

त्यसयता मैले साँघु साप्ताहिकमा लेख्न थालेँ । जनआस्थामा रवीन्द्रजीले । लगातार लेख निकालिरह्यौँ । आफ्नै ढंगले वैचारिक संघर्ष बढाउन हामीले रातो झन्डा पत्रिका पनि छाप्यौँ । यो पत्रिका चार महिनाजति निकाल्याँै । हामीलाई काठमाडौंमा काम गर्न पनि सहज थिएन । जहाँ भेटियो त्यहीँ गिरफ्तारी गर्ने भन्ने सुनियो ।

प्रचण्डलाई मार्ने षड्यन्त्र गरेको भनेर केही साथीलाई कुटपिट गरियो । के मार्न सक्थे र प्रचण्डलाई ? उनको सुरक्षा चुस्त थियो । बरु हामीलाई असुरक्षित भएको महसुस भयो । त्यसपछि भागेर दिल्ली गएँ । दिल्ली केही दिन बसेपछि दार्जिलिङ गएँ । ज्यान जोगाउनु थियो । पछि हाम्रा केही भाइलाई कामीडाँडा लगेर बेस्सरी कुटिएछ । म भारतमा बसेको थिएँ । भागेर त समस्या समाधान हुँदैन भनेर मैले माओवादीका नेताहरूसँग फोनमा कुरा गर्ने सोच बनाएँ । भारतबाटै फोन गर्दा उताकै नम्बर आउने र म भारत रहेको थाहा हुने भयो । त्यसपछि म फेरि नेपाल आएँ । झापा आएर मैले कृष्णबहादुर महरा र देवेन्द्र पौडेल सुनीलजीलाई फोन गरेँ । तर, उहाँहरूले बेवास्ता गर्नुभयो ।

कारबाही परेकोमा मलाई दुःखभन्दा बढी आनन्द लागेको छ । कमसेकम म इतिहासले मूल्यांकन गर्दा त्यति धेरै जनताको रगत विनाउपलब्धि बगाएको भागीदार छैन । म आफूलाई बचेको ठान्छु । माओवादी आन्दोलनले सही बाटो नलिँदा म बचेको छु । अझै पनि नेपाली वाममा क्रान्तिको ज्वाला सकिएको छैन । त्यो बीचैमा सकाउने काम माओवादीले गर्‍यो । त्यसले कहिले कस्तो रूप लिन्छ त्यो भन्न सकिँदैन ।

हामीलाई कारबाही भएपछि धेरै विश्वासका पात्र पनि टाढा भए । हामीलाई असाध्यै मान्नेहरू पनि हामीसँग बोल्दा जात जान्छजस्तो गर्छन् । यतिसम्म कि हामीलाई कारबाही भएलगत्तै हामी बस्ने कोठासँगै बस्नेहरू पनि नचिनेजस्तो गर्न थाले । मन खिन्न हुन्थ्यो त्यस्तो वेला । जहाँ त्यहीँका समितिले वक्तव्य निकालेर हामीलाई सकेसम्मको गद्धार हुन् भन्ने देखाउन खोजियो ।

कम्युनिस्टमा सबैभन्दा नराम्रो पक्ष सर्वहारा वर्गीय मानवतावाद छैन । ०३५ देखि यहाँसम्म आउँदा यो मेरो कोरा अनुभव भयो । यसलाई आफैँले अहिले के सराप्नु ? आफैँले आन्दोलन गरेर आइयो ।

कम्युनिस्ट आन्दोलन र मनावीय पक्ष अनि विचार र व्यवहार नमिलेजस्तो हुन्छ । कति नेता जो मलाई माया गर्नुहुन्थ्यो । मलाई भेट्न चाहनुहुन्न । मलाई कारबाही हुनुभन्दा अगाडि आफूसँग यति धेरै साथी थिए । पछि सबै तर्कन थाले । म विगत ३० वर्षदेखि निरन्तर कम्युनिस्ट आन्दोलनमा छु । राजनीतिमा मानवीय व्यवहार हेरिँदैन । यहाँ मानवीय पक्षले कुनै काम नगर्ने कारबाहीपछि भएका व्यवहारले प्रमाणित गर्‍यो ।
(Naya Patrika) प्रस्तुतिः नेत्र/प्रमिला

0 comments: