मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Monday, May 17, 2010

दाहालले के भने कूटनीतिज्ञलाई ?

काठमाडौं, जेठ ३ (नागरिक)- माओवादी अध्यक्ष पुष्पकमल दाहालले कूटनीतिज्ञसँगको भेटमा पनि आफ्नो दलका २ सर्त राखेका छन्। संविधान संशोधन गरी सहमतीय प्रावधान राख्ने र संयुक्त राष्ट्रिय सहमतिको सरकार भए आफूहरुले संविधानसभाको म्याद थप्न सहयोग गर्ने उनले बताएका छन्।

होटल अन्नपूर्णमा भएको भेटघाटमा खासगरी राजदूतहरुले दाहालसमक्ष दुई जिज्ञासा राखेका थिए। त्यसमा माओवादी सेना समायोजन कहिले हुन्छ र जेठ १४ मा संविधान जारी नभए के हुन्छ भन्ने रहेको दाहालसँगै भेटघाटमा रहेका कृष्णबहादुर महराले जानकारी दिए।

जवाफमा दाहालले एक महिनाभित्र माओवादी सेनालाई विशेष समितिअन्तर्गत राख्ने र अनमिनको म्याद थपिएको ४ महिनाको अवधिभित्र समायोजन गरिसक्ने जानकारी गराएका थिए।

भेटघाटमा अनमिन प्रमुख करिन ल्यान्ग्रेन र विभिन्न देशका राजदूतको सहभागिता थियो। भारतीय राजदूत भने थिएनन्। उनको ठाउँमा उनीपछिका आलोक सिंघा त्यहाँ उपस्थित थिए।

0 comments: