मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Sunday, May 16, 2010

संविधानसभाको म्याद थप्नु औचित्यहीन

काठमाडौँ, १ जेठ । एकीकृत नेकपा (माओवादी)लगायत दश राजनीतिक दलले अहिलेकै अवस्थामा संविधानसभाको अवधि लम्ब्याउनुको औचित्य नभएको धारणा व्यक्त गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा भएको दश राजनीतिक पार्टीको संयुक्त बैठकपछि एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले शान्ति प्रक्रिया र संविधान लेखनका विषयमा राष्ट्रिय सहमति कायम नहुँदासम्म संविधानसभाको अवधि बढाउनुको कुनै अर्थ नहुने स्पष्ट गर्नुभयो ।

जनभावना बमोजिमको नयाँ संंविधान जारी, दिगो शान्ति स्थापना र संयुक्त राष्ट्रिय सरकार गठन गर्ने मुद्दामा नीतिगत सहमति भएको जानकारी दिनुभएको हो ।

राष्ट्रिय संयुक्त सरकार निर्माणका लागि दिर्घकालीन संयुक्त मोर्चा तयार गरी मुुलुकलाई राजनीतिक निकास दिने विषयमा नीतिगत सहमति भएको पनि उहाँले जानकारी दिनुभयो ।

यही जेठ ३ गते सोमबार बृहत संयुुक्त अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने निर्णय बैठकले गरेको जानकारी दिंदै उहाँले गणतन्त्रको संस्थागत विकास, राष्ट्रिय स्वाधीनता, नागरिक सर्वाेच्चतालगायत समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको बताउनुभयो ।

सो अवसरमा नेपाल सद्भावना पार्टीकी अध्यक्ष सरिता गिरीले संविधान लेखन प्रक्रिया टुङ्गोमा पुग्ने निश्चित नभएसम्म संविधानसभाको अवधि बढाउनुको कुनै अर्थ नरहने बताउँदै स्पष्ट कार्यतालिकासहित संविधान जारी हुने प्रतिबद्धता पहिला सार्वजनिक हुनुपर्नेमा जोड दिनुभयो । रासस

0 comments: