मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Sunday, May 23, 2010

प्रधानमन्त्रीको भनाई प्रति एमालेकै आपत्ति

काठमाडौं, जेठ ९ (नागरिक) - प्रधान मन्त्री माधव कुमार नेपालले संविधान सभाको प्रसंगमा बोलेको विषयलाई नेकपा एमालेले भ्रमपूर्ण भएको बताएको छ। नेपालले 'संविधान सभा माओवादीको एजेन्डा भएको र आफूले माओवादीको चित्त बुझाउन त्यसमा समर्थन गरेको' भनाईलाई एमालेले 'जनसमूदाय र पार्टीमा भ्रम सिर्जना भएको' जनाएको छ।

एमाले सचिव युवराज ज्ञवालीद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, 'पार्टीका वरिष्ठ नेताबाट आएको अभिव्यक्तिले संविधानसभा बारे पार्टीको दृष्टिकोण सम्बन्धमा भ्रम सिर्जना हुने भएकोले त्यस्तो भ्रममा नपर्न र पार्टीले पटक-पटक गर्दै आएका संस्थागत निर्णयको आधारमा अघि बढ्न पार्टी पंक्ति र आम जनसमुदायलाई नेकपा (एमाले) हार्दिक आह्वान गर्दछ।'

एमालेले संविधान सभाको माग माओवादीमात्रको नभई जन आन्दोलन २ मा उत्रिएका सबै राजनीतिक दलको एजेन्डा रहेको प्रष्ट्याएको छ।

0 comments: