मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Wednesday, May 26, 2010

राजनीति नगर्ने पूर्व राजा ज्ञानेन्द्रको भनाइ

संविधानसभाको आयु सकिन तीन दिन मात्र बाँकी रहँदा पूर्व राजाले फेरि मुख खोलेका हुन्
भूतपूर्व राजा ज्ञानेन्द्रले राजनीतिमा जाने आफ्नो कुनै योजना नभएको बताएका छन्।
तर उनले नेपाललाई धर्म निरपेक्ष घोषित गरिएकोमा असन्तुष्टि जनाए।


उनले भने, “८० प्रतिशतले मान्ने एउटा धर्मलाई यसरी पन्छाइदिंदा कुनै न कुनै रुपले कसै न कसैको मन दुखेको होला नि।“

सचेत

तर एउटा निजी टेलिभिजनलाई दिइएको अन्तर्वार्तामा उनी धर्मको नाममा राजनीति गर्न खोजेको भन्ने आरोपप्रति भने सचेत देखिए।

राजनीतिमा आउने आफ्नो योजना नभएको उनको भनाइ थियो।

उनले भने “पहिला पनि हाम्रो राजनीतिमा जाने मन थिएन, अहिले पनि छैन।“

राजतन्त्र उन्मूलनको घोषणा गरेको संविधानसभाको आयु सकिन तीन दिन मात्र बाँकी रहँदा भूतपूर्व राजाले फेरि मुख खोलेका हुन्।

राजतन्त्रको अवसान भएको दुई वर्ष यता उनले टेलिभिजन मार्फत मुख खोलेको यो दोश्रो पटक हो।

सक्रियता

केही समय यता देवी देवताको पूजाको प्रसंग पारेर देशका विभिन्न भेगमा पुग्दा उनको स्वागतमा आएका समर्थकहरुले राजतन्त्र पुनस्थापनको माग गर्दै नाराबाजी गर्ने गरेका छन्।

त्यही सिलसिलामा नेपालगंजको बागेश्वरी मन्दिर गएका बेला उनले इमेज च्यानेललाई सो अन्तर्वार्ता दिएका थिए।

काठमाण्डूस्थित हाम्रा संवाददाता भन्छन्, राजतन्त्र विरोधी सफल आन्दोलनमा नजिकिएका तत्कालीन सशस्त्र विद्रोही माओवादी र संसदवादी दलहरुबीच दूरी बढेका बेला भूतपूर्व राजाको सार्वजनिक सक्रियता बढेको देखिनुलाई धेरैले अस्वाभाविक ठानेका छैनन् ।

0 comments: