मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Tuesday, May 25, 2010

नेपाली पुरुष महिलाभन्दा सुन्दर छन्

अश्विनी कोइराला एक दशकअघि मानिसको बाह्य सौन्दर्यका सम्बन्धमा सान्द्राका जे जस्ता जिज्ञासा थिए, अहिले ती क्रमशः शान्त हुन थालेका छन्। यद्यपि मानिसको आन्तरिक सौन्दर्य बाह्य सौन्दर्यको तुलनामा बढी जटिल र व्यापक भएको उनको अनुभव छ। कोरियाका विभिन्न इन्टिच्युटहरूमा तीन वर्ष अध्ययन गरेपछि सान्द्रा सौन्दर्य व्यवसायमा होमिएकी हुन्। सात वर्षयता आफूले सिकेका कुरा प्राक्टिस गरिरहँदा उनलाई मानिसको आन्तरिक सौन्दर्यले बढी आकषिर्त गर्न थालेको छ। त्यही भएर उनी मानिसको आन्तरिक स्वभावअनुसार बाह्य व्यक्तित्व सिंगार्नुपर्छ भन्ने मान्यता राख्न थालेकी छिन्। साप्ताहिकले पुरुष अंक विशेषका लागि सान्द्रासँग पुरुषको आन्तरिक एवं बाह्य सौन्दर्यका विषयमा लामो कुराकानी गरेको थियो ।

सामान्यता ः नेपाली पुरुष महिलाजस्तो सिंगारिन रुचाउँदैनन्, यसको कारण के हुन सक्छ ?

यसका दुई कारण छन्, पहिलो पुरुषमा भएको सुपेरियर फिलिङ । यो यस्तो भाव हो, जसले म जस्तो छु, ठीक छु, मैले थप किन सिंगारिनु पर्‍यो ? भन्ने सोच्छ । दोस्रो कुनै पुरुष सिंगारिँदा पनि राम्रो देखिन्छ र ? भन्ने अविश्वास ।

तपाईंको विचारचाहिँ के छ ?

म महिला हुँ, त्यसैले सौन्दर्यप्रति जन्मैदेखि सचेत छु । सौन्दर्यशास्त्र अध्ययन गर्न थाले यता मलाई के थाहा हुन थालेको छ भने पुरुषका यी दुवै धारणा गलत छन् । पुरुष महिलाजस्तै सौन्दर्यप्रति सचेत प्राणी हो । ऊ आफ्नो व्यक्तित्वअनुरूप सिंगारिन चाहन्छ र उ आकर्षक पनि देखिन्छ । दोस्रो अहिलेको जमानामा पुरुष हुँदैमा कोही विशेष हुँदैन, मानिस काम र व्यवहारले विशेष हुन्छ ।

आजभोलि पुरुषले पनि सुन्दर हुन चाहेको, त्यसअनुसार क्रियाकलाप गर्न थालेको पाइन्छ, यसको कारण के हुन सक्छ ?

जो सुन्दर देखिन चाहन्छन्, उनीहरूलाई थाहा हुन थालेको छ, पुरुष पहिरन, हेयर स्टायल एवं छालाको स्याहारले परिवर्तन हुन सक्छ । यस्ता पुरुष आफू कुन स्थानमा छु र के गर्दैछु भन्ने बुझ्न थालेका छन् । यो शिक्षाको देन हो । पढेलेखेका पुरुषले नै आफूमा परिवर्तनको आवश्यकता महसुस गर्छन् ।

कतिपयले के भन्छन् भने पुरुषको जीवन घरपरिवारका लागि कमाउँदैमा बित्छ, अरू कुरा सोच्न नपाएकै कारण उसले सौन्दर्यप्रति ध्यान दिन पाउँदैन ?

जो शिक्षित छ, जसले आधुनिक युगको माग बुझेको छ, त्यसले आफूलाई परिवर्तन गर्छ । चाहे जस्तोसुकै समस्यामा किन नहोस् ? तर श्रीमती वा छोराछोरी घरमा बस्ने र एक्लो व्यक्तिले सम्पूर्ण परिवार धान्नु परेको अवस्थामा आर्थिक भारका कारण उसमा सौन्दर्य चेतना कम हुनु स्वाभाविक हो । मैले पनि जसकी श्रीमती बाहिर कमाउँछिन्, उनका श्रीमान् सौन्दर्यप्रति सचेत भएको पाएकी छु । अर्को कुरा आफूचाहिँ चिटिक्क परेर हिँड्ने तर पुरुषको सौन्दर्यप्रति ध्यान नदिने श्रीमती वा गर्लप|mेन्डका कारण पनि पुरुषहरू सिंगारिन पाउँदैनन् । यदि उनीहरूले पुरुषलाई प्रेमपूर्वक राम्रो बन्न आग्रह गरे पुरुषहरू त्यसप्रति आकषिर्त हुन्छ । त्यस्ता धेरै पुरुष मैले भेटेकी छु, जो गर्लप|mेन्ड वा श्रीमतीकै कारण आफ्नो सौन्दर्यमा ध्यान दिन्छन् ।

पुरुष आकर्षक देखिने मुख्य बिन्दु कुन-कुन हुन् ?

पुरुष चार कारणले आकर्षक हुन सक्छ । पहिलो शरीर र समयअनुरूपको पहिरन, दोस्रो अनुहार अनुरूपको हेयर स्टाइल, तेस्रो छालाअनुरूपको क्रिम एवं आफ्नो पेसा वा आन्तरिक व्यक्तित्वअनुरूपको

वाह्य पर्सनालिटी ।

नेपालमा यी चार बिन्दुलाई समातेर आकर्षक बन्ने पुरुषको संख्या कति होला ?

टोटल नेपालको कुरा त म भन्न सक्दिन् । यदि सहरी युवाको कुरा गर्ने हो भने करिब २० प्रतिशत युवामा यस्तो चेतना आउन थालेको छ । नेपाल जस्तो मुलुकका लागि यो ठूलो परिवर्तन हो । त्यो भन्दा महत्त्वपूर्ण कुरा युवाहरूमा कसरी परिवर्तन हुन सक्छु भन्ने चिन्तन बढ्दै गएको छ ।

यसको आधार के हो ?

युवाको पहिरनमा ठूलो परिवर्तन आएको छ । उनीहरू जुत्तामा विशेष ध्यान दिन थालेका छन् । पुरुषमा राम्रा पुस्तक पढ्ने, राम्रा सिनेमा हेर्ने, विश्व प्रशिद्ध व्यक्तिहरूलाई फलो गर्ने चलन बढेको छ । यो परिवर्तन हुने चिन्तन हो । हेयर स्टालिस्ट बनाउने एवं स्किन केयर गर्ने चलन बढेको छ । पुरुष सौन्दर्य प्रसाधनको बिक्री बढ्दै जानुले यसको पुष्टि गर्छ । महत्त्वपूर्ण कुराचाहिँ के भने पुरुषहरू आफ्नो



विशेष व्यक्तित्व हुनुपर्छ भन्ने कुरामा सचेत हुन थालेका छन् । व्यक्तित्व नै सौन्दर्यको मुख्य पहिचान हो ।

नेपालका पुरुषको सबैभन्दा आकर्षक पक्ष कुन हो ?

म्यानर, यदि कुनै पुरुष चुरोट खान्छ, तर आफूभन्दा ठूलो व्यक्ति देख्यो भने लुकाउँछ वा लजाउँछ भने त्यो पुरुष सुन्दर हो । आफ्ना अभिभावकको इज्जत गर्ने आफ्नी प्रेमी वा श्रीमतीलाई माया एवं सम्मान गर्ने व्यक्ति सुन्दर हो । विदेशमा यस्ता पुरुष बिरलै पाइन्छन्, नेपालमा यस्ता पुरुष जताततै पाइन्छन् ।

तपाईंको विचारमा आदर्श पुरुष सुन्दर हुन्ा सक्छ कि सक्दैन ?

सुन्दर नभई मानिस आदर्श हुन सक्दैन । मेरो विचारमा त्यही पुरुष आदर्श हो, जो कम तर महत्त्वपूर्ण कुरा बोल्छ । बोलेको कुरा पुर्‍याउँछ । जसले आफूभन्दा ठूलासँग म्यानर राखेर व्यवहार गर्छ । नेपालमा यस्ता पुरुष धेरै छन् । त्यस्ता पुरुष-महिलाहरूभन्दा सुन्दर हुन्छन् ।

तपाईंको कुराले आदर्श पुरुषमा बाह्य सौन्दर्यको भूमिका हुँदैन भन्ने बुझियो नि ?

बाहिर टिप-टप भएर हिँड्ने तर म्यानर ठीक छैन भने बाह्य सौन्दर्यको कुनै अर्थ हुँदैन । म्यानर असल भएको व्यक्तिले आफ्नो व्यक्तित्व झल्काउने हेयर स्टाइल, पहिरन एवं प्रशाधन प्रयोग गर्दैन भने त्यसको पनि अर्थ हुँदैन । नेपाली पुरुषमा म्यानर छ तर त्यसलाई अलिकति सजाउनु पर्छ भन्ने मात्र कुरा हो ।

कस्ता पुरुषलाई नेपाली युवतीले मन पराउँछन् ?

सहरीया युवतीहरू त्यस्ता युवक मन पराउँछन्, जसमा म्यानर होस् । डि्रङ्क्स त गरोस् तर सोसियल हुन मात्र । खाएर ढल्ने र आफूलाई घर पुर्‍याउन नसक्ने पुरुषसँग नेपाली युवती टिक्न सक्दैनन् । यद्यपि आधुनिक युवतीहरू मामा व्याई अर्थात केही नखाने, केही गर्न नसक्ने साधु पुरुषलाई पनि मन पराउँदैनन् । त्यस्ता पुरुष परैबाट राम्रा हुन्छन्, संसर्ग गर्न उचित मानिदैनन् ।

यदि पैसा छैन भने जतिसुकै असल युवक पनि युवतीका नजरमा अयोग्य ठहरिन्छन् भन्यो भने गलत हुन्छ ?

हरेक युवतीको सपना आकर्षकका साथ गाँठ भएको पुरुषको साथ पनि हो । यद्यपि साँचो माया गर्ने युवतीहरू गलत काम गरेर पैसा कमाउने, बाबु-बाजेको सम्पत्तिमा रमाउने पुरुषलाई पनि मन पराउँदैनन् । यदि कुनै युवतीले उसको पैसालाई महत्त्व दिन्छे भने बुझ्नुपर्छ, उसको नियत खराब छ । त्यस्ता युवतीबाट जतिसक्दो चाँडो टाढा भएको राम्रो ।

कस्ता पुरुषसँग युवतीको लामो सम्बन्ध रहन्छ ?

जो खानामा चुजी छैन । घरमा जस्तो पाक्छ त्यही खाएर सन्तुष्ट हुन्छ । बाहिर घुमाउन लान्छ । सेक्समा हतार नगर्ने पुरुषसँग पनि महिलाको लामो सम्बन्ध कायम हुन सक्छ । यदि सेक्सको इच्छा भयो भने पनि नयाँ शैलीले आकर्षण गर्ने सक्ने पुरुषलाई नै महिलाले रोज्छन् ।

युवतीहरू पहिलो पटक कस्ता पुरुषसँग आकषिर्त हुन्छन् ?

फरक खालको अपियरेन्सबाट । जस्तो हेयर स्टाइल, पहिरन एवं उठबसको शैलीबाट ।

यो आकर्षण प्रेममा परिणत हुन कुन-कुन कुराको आवश्यकता पर्छ ?

जुन प्रकारको आउटलुकले महिलालाई आकषिर्त गर्‍यो, त्यही अनुरूपको व्यवहार भयो भनेे त्यो आकर्षण प्रेममा परिणत हुन्छ । किनभने फरक आउटलुकले महिलालाई आकषिर्त गर्छ ।

यो प्रेम सेक्ससम्म आइपुग्न कुन कुराले भूमिका निर्वाह गर्छ ?

आवश्यकताले तर यसमा वातावरण पनि उस्तै हुनुपर्छ । प्रेमको अन्तिम रुप सेक्स हो । यसका लागि पुरुषले त्यस्तो वातावरण बनाउनुपर्छ जहाँ महिलालाई आफू चिप भएको महसुस नहोस् । बरु यति धेरै इज्जत पाएको महसुस होस् कि सेक्सले त्यसको क्षतिपूर्ति हुन सक्दैन भन्ने भावना बढाउन सकियोस् ।

पुरुषको सेक्स अपिल कहाँ हुन्छ ?

ओठ अनि आँखामा । किनभने शारीरिक सम्बन्धको प्रारम्भ आँखा र ओठबाटै हुन्छ ।

0 comments: