मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Wednesday, May 19, 2010

डाक्टर भेटिएनन्, कार भेटियो

काठमाडौँ, जेठ ५ (नागरिक)- चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालबाट गएरातिदेखि सम्पर्कविहीन भएका कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठको बा ३ च ९८९ नम्बरको कार पोखराको कुडहरमा भेटिएको एभिन्युज टेलिभिजनले जनाएको छ। श्रेष्ठको अवस्था भने अझै अज्ञात छ। अस्पतालमा काम सकेर हिजो साँझ साढे आठ बजेतिर १० मिनेटमा आउँदै छु भनेर उनले घरमा फोन गरेका थिए । त्यसपछि उनी सम्पर्कविहीन छन्। उनको अपहरण भएको हो वा अरु केही भएको हो भन्ने सुरक्षा निकायले निर्क्यौल गर्न सकेको छैन।

नेपाल चिकित्सक संघ, माओवादीसमर्थित अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी संघ र अखिल नेपाल प्रगतिशिल स्वास्थ्यकर्मी संगठनले उनको अवस्था २४ घण्टाभित्र पत्ता नलगाए आन्दोलनमा उत्रने चेतावनी दिएको छ।

0 comments: