मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Thursday, May 27, 2010

शान्ति नचाहे क्रान्ति गर्न जंगल गए हुन्छः श्रेष्ठ

मकर श्रेष्ठ
भक्तपुर , जेष्ठ १३ - समान्य प्रशासनमन्त्री रविन्द्र श्रेष्ठले माओबादीले शान्ति नचाहेकोले हिम्मत देखाएर फेरी क्रान्ति गर्न जंगल जान चुनौति दिएका छन् ।

विहीबार भक्तपुरको गट्ठाघर स्थित आस्था महिला विद्यालयको दोश्रो बार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले बिनाशर्त संविधान सभाको म्याद थप्न नचाहेर माओवादीले क्रान्ति गर्न लागेको आरोप लगाए । माओबादीले जनताको भावना विपरीत शर्त थोपर्ने गरेको उनले बताए ।

'शान्तिको लागि तयार नभए माओवादीको तागत र हिम्मत छ भने क्रान्ति गर्न जंगल गए हुन्छ,' उनले भने-' प्रचण्ड ज्यू सुविधा सम्पन्न र चिल्ला गाडी चढाइले च्यापिसक्यो ।' क्रान्तिको बाटो छाड्ने भए शान्तिका लागि संविधानको म्याद थप्न तयार हुनु पर्ने बताए ।

माओबादी अध्यक्ष पुष्पकमल दाहालको अवधारणा स्पष्ट नभएको उनले बताए । 'उहा मेरो गुरु र नेता पनि हुनुहुन्छ,' उनले भने-'तर पनि उहाको विचार दोधारे छ ।' माओबादी अध्यक्षको धारणा क्रान्ति र शान्ति के गर्ने हो ? प्रष्ट नभएको उनले बताए ।

दलहरु सहमति गरेर आए प्रधानमन्त्री र मन्त्रीहरुले पद छाडन तयार भएको उनले । माओबादीले विना शर्त म्याद थप्न तयार हुनु पर्ने उनले बताए ।

शान्ति र संविधान बनेमा पद त्याग्न तयार भएको उनको जिकिर गरे । 'प्रधानमन्त्री र मन्त्रीको पद ठूलो होइन,' उनले भने-'जनताको चाहना अनुसारको संविधान र शान्ति हुनु पर्‍यो ।'

0 comments: