मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Saturday, May 15, 2010

राष्ट्रिय सरकारबारे एमालेभित्र गम्भिर मतभेद

१ जेठ, काठमाडौं । सत्तारुढ नेकपा एमालेभित्र राष्ट्रिय संयुक्त सरकार गठनबारे गम्भिर मतभेद उत्पन्न भएको छ ।

पार्टी मुख्यालय बल्खुमा शनिबारदेखि सुरु बैठकको पहिलो दिन बोल्ने सरकार पक्षका केन्द्रीय सदस्यहरुले माओवादीको धम्कि र घुर्कीको अगाडि घुंडा टेक्नु नहुने भन्दै माओवादीले राष्ट्रिय सरकार गठनको नाममा सत्तामा पुग्ने षडयन्त्र गरेको आरोप लगाएका छन् ।

सरकार पक्षका केन्द्रीय सदस्य एवं गृहमन्त्री भिम रावल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रघुजी पन्तलगायतका केन्द्रीय सदस्यहरुले सरकार परिवर्तनका नाममा माओवादीले गरेको आन्दोलन तुहिएको भन्दै सरकारलाई थप बलियो बनाउन पार्टीले नयाँ रणनीति अपनाउनुपर्ने माग गरेको स्रोतले बताएको छ ।

माओवादीको धाक, धम्की, घुर्कीले वर्तमान सरकार परिवर्तन नहुने भन्दै उनीहरुले माओवादी सामू झुक्न नहुने बताएका छन् ।

अध्यक्ष झलनाथ खनालले प्रस्तुत गर्नुभएको ८ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमाथि टिप्पणी गर्दै उनीहरुले शान्तिप्रक्रियालाई पूर्णता दिई नयाा संविधान जारी गर्न वर्तमान सरकारमा सामेल हुनुपर्ने बताएको छन् ।

सरकार विपक्षका केन्द्रीय सदस्यहरुले भने माओवादीसंग सहकार्य गरेर राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने जोड दिएका छन् ।

उनीहरुले शान्ति र संविधान, सेना समायोजन तथा पुर्नस्थापनालगायतका विषयमा माओवादीसंग सहकार्य गरेर अघि बढ्नु पर्ने सुझाव दिएका छन् ।

खनालले प्रस्तुत गर्नु भएको प्रतिवेदनमा शान्ति र संविधानका लागि सहमतिको विकल्प नभएको उल्लेख छ ।

भोलि सम्म चल्ने बैठकले पार्टीले अपनाउने लचकता, संविधानसभाको म्याद थप र पार्टी भित्रको आन्तरिक विवादको बिषयमा ठोस निष्कर्ष निकाल्ने छ ।

प्रधानमन्त्री माधबकुमार नेपालले राजिनामा दिएर राष्ट्रिय सहमतिका लागि बाटो खुला राख्नुपर्ने मागसहित उपाध्यक्ष बामदेव गौतमलगायतका ६० जना नेताहरुले पार्टीलाई बुझाएको ज्ञापनपत्रका बिषयमा पनि बैठकमा छलफल हुनेछ । पार्टी अनुशासन विपरित काम गरेको भन्दै उपाध्यक्ष गौतमलाई स्पष्टिकरण दिन अन्तिम मौका दिइएको छ ।

0 comments: