मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Friday, May 14, 2010

प्रहरीको गाडिले ठक्कर दिँदा दिदीबहिनीको मृत्यु

डिसीनेपाल डटकम संवाददाता - जिरोमाईल बरियारपट्टी सडकको निमचौकमा सशस्त्र प्रहरी बेस क्याम्प सुखिपुरको गाडीले शुक्रबार साँझ ठक्कर दिंदा दुई दिदीबहिनीको मृत्यु भएको छ ।

सो गाडीले ठक्कर दिंदा फूलकहाकट्टी ३ का दिदीबहिनी १० बर्षिया वालिका राधा कुमारी महतो र ३ बर्षिया शिशु पुनिता महतोको मृत्यु भएको हो । मृतक वालिकाकी आमा ३० बर्षिया शिवोदेवी महतो गम्भीर घाइते भएकी छन् । उनलाई उपचारका लागि लहान अस्पताल लगिएको धनगढी प्रहरीले जनाएको छ ।

यसैबीच, आक्रोसित स्थानीयबासीले पूर्व पश्चिम लोकमार्गको जिरोमाइलमा चक्काजाम गरेका छन् । आन्दोलनमा उत्रेका स्थानीयबासी र पीडित परिवारले ठक्कर दिने गाडी र चालकलाई उपस्थित गराउनु पर्ने, मृतकको परिवारलाई क्षतिपूर्ति दिनु पर्ने, दोषीलाई कडा कारवाही गरिनु पर्ने लगायतको माग गरेका छन् ।

0 comments: