खुलामञ्चमा माओवादी सभा-
काठमाडौं, जेठ १५ (नागरिक)- माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले आफ्नो दलले आज सार्वजनिक गरेको 'जनसंविधान' लाई अन्यथा नलिन भन्दै यो संविधान सर्वहारा, श्रमजीवी वर्गको मात्र नभएको र त्यो हुने अवस्था पनि नरहेको बताए। उनले यसलाई 'सम्झौताको दस्तावेज' भएको बताए।
उनले नेपालमा अब कुनै पनि हालतमा कुनै पनि प्रकारको राजतन्त्र आउन नसक्ने दाबी पनि गरेका छन्। उनले अँध्यारो कोठामा बसेर त्यस्ता सपना नदेख्न पनि राजावादीहरुलाई चेतावनी दिए।
उनले गणतन्त्र दिवसका अवसरमा खुलामञ्चमा माओवादीद्वारा आयोजित सभामा उक्त धारणा राखेका हुन। उनले राजतन्त्र आर्यघाटमा लगेर दाहसंस्कार गरिसकेकाले फर्कन नसक्ने पनि बताए।
नेपालका मुठीभर हुनेखाने वर्ग र सम्भ्रान्त वर्गलाई चेतावनी दिँदै उनले भने- जनताको हितमा संविधान बनाउन बाधा गर्यौ भने हामी छाड्ने छैनौं। उनले अहिले भएको गणतन्त्र पुँजीवादी गणतन्त्र भएको र यही गणतन्त्रमा टेकेर समाजवादी गणतन्त्रमा जान सकिने पनि बताए। अनि उनले थपे- हाम्रो लक्ष्य पनि यही हो ।
Saturday, May 29, 2010
माओवादीले पेश गरेको संविधान श्रमजीवीको मात्र हैन : बाबुराम भट्टराई
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment