रामेश श्रेष्ठ (प्रसिद्ध जनसंगीतकर्मी) : राजनीतिक परिवर्तनका लागि हुने आन्दोलनमा जोडिँदै रामेशले जनताका गीत गाउन थालेको ४३ वर्ष नाघिसक्यो । ०४६ र ०६२/६३ को जनआन्दोलनमा पनि उनी जनतासँगै सडकमा थिए । माओवादीले घोषणा गरेको 'तेस्रो जनआन्दोलन' कुनै देखिने टुंगोमा पुगेन । देशभरि ६ दिनसम्म आमहडताल र आन्दोलन सँगसँगै जारी रहयो । आमहडतालको विरोधमा काठमाडौंमा 'शान्तिर्याली' पनि आयोजना गरियो । तर, रामेश माओवादी आन्दोलनमा पनि देखिएनन्, 'शान्तिर्याली' मा पनि गएनन् । किन त ? यसै सेरोफेरोमा रहेर हालै उनीसँग गरिएको कुराकानी प्रस्तुत छ :
अहिले जनताले आशा गरेको पार्टी हो माओवादी । यहाँ सत्य कुरा बोल्ने हो भने माओवादीको आरोप लगाइदिने चलन बसेको छ । यो ज्यादै विषाक्त र घातक कुरा हो । अझ एमालेका साथीहरूमा त्यस्तो रोग नै लागेको छ । उनीहरू सही कुरा सुन्न सक्दैनन् । राम्रो कुरा गर्नका लागि माओवादी हुनुपर्दैन । माओवादीले केही गरोस् भनेर नै उसलाई जनताले धेरै मत दिएका हुन् । उसैले केही गर्छ कि भन्ने अहिले पनि बहुसंख्यक जनतालाई आस छ । जनता माओवादीका नोकर-चाकर हैनन्, दास हैनन् । सडकमा उत्रेका लाखौँ जनता माओवादीको जागिर खान आएका पनि हैनन् । यो देशको सेवा कसले गर्छ ? राष्ट्रियताको सुरक्षा कसले गर्छ ? देशलाई कसले बचाउँछ ? जनतालाई मालिक बनाएर आफू सेवक बन्न कुन राजनीतिक दल सत्तामा आउँछ ? जनता यी प्रश्नसहित आन्दोलनमा आएका थिए । जनताले माओवादीलाई समर्थनमात्रै गरेका छैनन्, निगरानी पनि गरेका छन् ।
मैले माओवादीका कार्यक्रममै पनि भनेको छु- तपाईंहरूका भाषण र कुराबाट होइन, तपाईंहरूले गरेका काम र क्रियाकलापबाट जनताले तपाईंहरूको मूल्यांकन गर्नेछन् । अहिले कांग्रेस-एमालेलेे हामी यस्तो र उस्तो भन्नै पर्दैन । उनीहरूले आफ्नो कामबाट आफ्नो परिचय दिइसकेका छन् । माओवादीलाई पनि उसका कामबाट जनताले मूल्यांकन गरिरहेका छन्् । सबैभन्दा अन्तिम र नयाँ आशा बनेर माओवादी आएको हुनाले यसले पनि जनतालाई ठग्ने, लुट्ने र भ्रमित बनाउने काम नगर्ला । चौध हजार सहिद भएका छन्, पचासौँ हजार शारीरिक रूपमा अशक्त भएका छन्, हजारौँको परिवार विघटित भएको छ, यत्रो जनताका आशा र सपना पूरा गर्न माओवादीले ठूलो कष्ट भोगेको छ । त्यही भएर पनि यो पार्टीले केही गर्ला भनेर जनताले आशा गरेका छन् । माओवादीकै विश्वास र भरमा अहिले निम्नवर्ग राजनीतिको केन्द्रमा आइपुगेको छ । पहिले राजनीति दरबारिया वर्गमा मात्रै सीमित थियो । त्यसपछि त्यो उच्चमध्यम वर्गले खोसेर आफूमा ल्यायो । जस्तै, गणेशमानजीहरूले । उच्चमध्यमबाट त्यो फेरि निम्नमध्यमवर्गमा पुग्यो । तर, तपाईं देख्नुहुन्छ- निम्नमध्यमवर्ग पनि भ्रष्ट हुँदै गएको छ । अहिले राजनीति निम्नवर्गमा पुगेको छ । श्रमिक, मजदुर, किसान र दलितमा राजनीति पुगेको छ । अब बल्ल उनीहरूले सुख पाउनेछन् । जसले राजनीति गर्यो, उसैले सुख पाउने हो । जसले राजनीति गर्छ, उसैको सम्मान हुन्छ । पहिले राजाहरू राजनीति गर्थे र उनीहरू नै सुख-सुविधा भोग गर्थे, उनीहरू नै इज्जतदार मानिन्थे । त्यसपछि क्रमशः उच्चमध्यम र निम्नमध्यमवर्गले सुख-सुविधा भोगे र निम्नवर्गलाई धोका दिए । अब श्रमजीवी जनता आफँै राजनीति गर्छन्, आफँै सुख पाउँछन् । यसका लागि केही मूल्य पनि चुकाउनुपर्छ । नत्र त्यसको केही महत्त्व पनि हुँदैन । त्यसकारण रगत दिएर, सहादत भएर, शारीरिक रूपमा अशक्त भएर, घरपरिवारको बिचल्ली सहेर भए पनि श्रमजीवीले आफ्नो सत्ता स्थापना गर्छन् र त्यसलाई जोगाउन पनि जनता नै लाग्छन् ।
यसपालिको आन्दोलनमा गाउँगाउँबाट आएका जनता पनि माओवादीलाई विश्वास गरेरै आएका हुन् । जनताले आफूमाथि विश्वास गरेका छन् भन्दैमा माओवादीले अहंकार देखाउनु हुँदैन, घमण्ड गर्नु हुँदैन । अहिले ठूलो संख्यामा सडकमा आएका जनता आफ्नो भाग्य र भविष्य खोज्न आएका हुन् । माओवादीले अहंकार देखायो भने भोलि ती माओवादीकै विरुद्धमा पनि उठ्न सक्छन् ।
अहिलेको आन्दोलनका नकारात्मक पाटा पनि देख्नुभयो कि ?
यसपालिको आन्दोलनमा माओवादीको अहंकार पनि देखियो । हामीले भनेपछि अनिश्चितकालीन हडताल सफल हुन्छ भनेर सोच्नु हुन्थेन । मान्छेलाई बिहान-बेलुका खानलाउनको समस्या छ, काममा जान पाएको छैन, दोकानहरू बन्द छ, बिरामी हुँदा अस्पताल जान पाउनु छैन- यस्तो कामले कसरी सफल भइन्छ ? यस्ता कामले के देखाउँछ भने माओवादीले पनि धेरै कुरा सिक्नुपर्नेछ । जनताको सेवा गर्ने र जनताकै हितमा काम गर्ने पार्टीलाई विरोधीले जनता नै जुधाइदिएर झन्डै सिध्याएथे । त्यत्रो बुद्धिजीवी पंक्ति छ पार्टीमा । किन यस्तो अदूरदर्शी निर्णय गरेका ? जनता महान् छन्, नजानेको र गल्ती गरेको कुरामा क्षमा माग्नुपर्छ । पार्टी भनेको जनताको सेवा गर्ने संस्था हुनुपर्छ । अहिले माओवादीभित्र कतिपय कमजोरी र बदमासी पनि देखिएका छन्, समयमा जनताले भन्नेछन् । जनताले एक-एक राम्रा कुरा मनमा राखेका छन्, खराब कुरा पनि बिर्सेका छैनन् । खराब कुरा बढ्दै गए भने माओवादी पनि अरू खराब कम्युनिस्ट पार्टी जस्तै बन्नेछ । माओत्सेतुङले भन्नुभएको छ, 'जनता गुरु हुन्, उनीहरूबाट सिक्नुपर्छ ।' माओवादीले पनि जनतालाई गुरु मानेर धेरै सिक्न बाँकी छ ।
तपाईं त यसपटकको आन्दोलनमा देखिनुभएन नि ?
हामीले नागरिक आन्दोलनमार्फत संविधान निर्माण र शान्तिप्रक्रिया टुंगोमा पुर्याउनका लागि विभिन्न पार्टीलाई दबाब दिएका थियौँ । त्यसका लागि हामीले सडकमै विभिन्न खबरदारी कार्यक्रम पनि गर्यौँ । ती कार्यक्रममा म पनि हिँडेको
थिएँ । मैले त्यहाँ गीत पनि गाएँ । म माओवादी पार्टीका कार्यक्रममा भने गइनँ । तर, मैले माथि भनेजस्तो जनताको अन्तिम आशाको शक्ति त्यही पार्टी छ । यही पार्टी पनि भोलि भ्रष्टीकरण हुने खतरा छ । म जनताकै बीचमा छु । म माओवादीलाई भन्न चाहन्छु- खबरदार ! जनतालाई सहिद बनाउँदै उनीहरूको शहादत बिर्सेर मोजमस्ती र विलासी जिन्दगी बिताउने छुट कसैलाई छैन ! जनताका सपनामाथि खेलवाड गरिरहयौँ भने जनताले सधैँभरि एकैनासले विश्वास गरिरहँदैनन् । उनीहरूले एक हातले भोट दिए, अर्को हातले खबरदारी पनि गरिरहेका छन् । अब राजनीति सेवाको उच्च स्रोत हुनुपर्छ, ठगिखाने भाँडो हुनुहुँदैन ।
नागरिक आन्दोलनका कार्यक्रममार्फत तपाईंहरूले कस्ता धारणा राख्नुभयो ?
हामीले विभिन्न पार्टीलाई भन्यौँ- संविधान समयमै बनाऊ, जनतालाई सुख-सुविधा देऊ । देशलाई समृद्ध र जनतालाई धनी र आत्मनिर्भर बनाउने काम गर । ती मान्छे, जो धन कमाउँछन्, तर निर्धन पारिएका छन्, उनीहरूको पक्षमा काम गर । धनीहरू मान्छे मारेर पनि छुट्कारा पाउने र गरिबलाई व्यर्थै ज्यान मार्न लाग्यो भनेर थुन्ने व्यवस्था अन्त्य गर । सबैका लागि एउटै तरिकाले लागू हुने संविधान बनाऊ ।
सबै शान्ति चाहियो भन्छन् । जनताले शान्ति ल्याउने, अनि उनीहरूमाथि बसेर ढुकुटी लुटिरहने ? जनता शान्ति र परिवर्तनका लागि लडिरहने, उनीहरूचाहिँ सत्तामा बसेर मोजमस्ती गरिरहने ? विदेश घुमिरहने ? डलर कमाइरहने ? उनीहरूलाई फाइदै-फाइदा हुने शान्ति जनताका लागि कसरी शान्ति हुन्छ ? त्यस्तो शान्ति कसरी शान्ति हुन्छ ? उन्नति, प्रगति, विकास निर्माण, जनताको सुख-सुविधाका लागि शान्ति चाहिएको हो । जनताले निस्पिक्री श्रममा जान पाउने शान्ति पो चाहिएको हो । हामीले नागरिक आन्दोलनमार्फत यही कुरा राख्यौँ ।
अर्कोतिर, केही मान्छे माओवादी सत्तामा जान खोजिरहेछ भन्छन् । यो सबै संघर्ष सत्ता प्राप्तिकै लागि हो । आफ्नो सत्ता गुम्ला कि भनेर एउटा वर्ग जोगाउनका लागि लडिरहेको छ । आफ्नो सत्ता स्थापना गर्न अर्को वर्ग लडिरहेको छ । वर्गसंघर्ष, क्रान्ति, युद्ध सत्ता प्राप्तिकै लागि हो । तर, त्यो सत्ता जनताको सेवामा उपयोग गर्ने कि जनतालाई शोषण गर्न प्रयोग गर्ने ? कुरा त त्यो पो हो ! सत्तामा गएर जनताको सेवा गर्ने हो भने हामीलाई त्यही सत्ता चाहिएको छ । सत्तामा गएर जनताले दुःखजिलो गरेर कमाएको र गाँस काटेर बुझाएको कर आफँैले लुट्ने हो भने त्यस्तालाई जनताले ठीक
पार्छन् । जनताले भोट दिएर पठाउने पनि सत्तामा पुग्नका लागि नै हो । सत्ता राजनीतिक पार्टीलाई चाहिन्छ नै । यो कुरा माओवादीले बुझ्नुपर्छ । जनताको रगत खाएर आएको पार्टी हो माओवादी पार्टी । त्यो रगतको मूल्य चुकाउन उनीहरूले जनतालाई मन पर्ने जीवनशैली अपनाउनुपर्छ । सत्तामा गएर यसले जनताकै सेवा गर्नुपर्छ । खुला र
पारदर्शी हुनुपर्छ । अन्तिम शक्ति माओवादी पनि बिग्य्रो भने जनता कति बढी आक्रोशित हुनेछन् भने माओवादीलाई स्वाहा पारिदिन सक्छन् । भोलि हाम्रा सेवक बनेर हामीलाई सुख दिनेछन् भनेर अहिले पनि माओवादीमा लाखौँ जनता रगत दिन तयार छन् । माओवादीले यो कुरा बुझोस् ।
माओवादीको आमहडतालको विरोधमा आयोजित 'शान्तिसभा’ मा पनि तपाइं जानुभएन किन ?
एक त हामीलाई खबर पनि गरिएको थिएन । हाम्रो आयोजनामा उनीहरू आउँदैनन् भनेर नबोलाएका होलान् । किनभने उनीहरूको भित्री नियत नै ठीक थिएन । त्यस्तो नियतवश आयोजना गरेको कार्यक्रममा आउँदैनन् वा आए पनि हामी अनुकूल हुँदैनन् भनेर नबोलाइएको हुनसक्छ ।
भित्री नियत के थियो र आयोजकहरूको ?
देखिहाल्नुभयो नि- शान्ति भनेर परेवा उडाउने अनि नारामा प्रचण्डलाई फाँसी दे भन्ने ! भोलि प्रचण्ड के हुन्छ, कसैलाई थाहा छैन । तर, आज त यो देशले पत्याएको नेता हो नि ! अनि प्रचण्डलाई फाँसी दिएर कस्तो शान्ति खोजेका तिनीहरूले ? मान्छे मार्नेले कस्तो शान्ति दिन्छन् देशलाई ? परेवा उडाएर उनीहरूले आफँैले आफैँलाई हँसीको पात्र बनाए । 'सन्न्यास लिएँ, अब माछामासु खान्न' भनेर पोखरीको डिलमा बसेको सारसले मौका पाउँदा माछा खाइहाल्ने गथ्र्यो भन्ने कथाजस्तै शान्तिको नाममा नेतालाई फाँसी दिने माग गर्दै खुकुरी र खुँडाको जुलुस निकाल्ने ? के शान्ति जुलुस र शान्ति कार्यक्रम त्यस्तै हुन्छ ? त्यो त अब इतिहासमा अंकित भयो । यदि उनीहरू साँच्चै शान्ति चाहन्थे भने सबै दल र नेतालाई समान रूपले 'तिमीहरू मिलेर शान्ति स्थापना गर, कोही पनि मर्न नदेऊ' भनेको हुनुपथ्र्यो । त्यस्तो हुन्थ्यो भने हामी गएको भए पनि हुन्थ्यो त्यहाँ । सस्तो प्रचारका लागि मान्छे बटुलेर शान्ति हुँदैन । मान्छे धेरै भएरमात्रै हुने भए उनीहरूको भन्दा कैयौँ गुना बढी मान्छे माओवादीको अान्दोलनमा आएका थिए । खै, उनीहरूको कुरा सुनिएको ? त्यो सभामा गएका सबै खराब थिएनन्, झुक्किएर, थाहा नपाएर जाने पनि थिए । हामी पनि थाहै नपाई त्यहाँ गएको भए, गीत गाएको भए र त्यसपछि खुँडा-खुकुरीसहितको 'फाँसी दे' नाराको जुलुस निकालिएको भए हामीलाई जनताले के भन्थे होला ? धन्न त्यहाँ नगएर ठीक गरिएछ, जनताको दृष्टिमा विवादस्पद भइएन ।
एकथरिले त्यत्रो 'शान्तिसभा’ मा पनि रामेश-रायनहरू आएनन् भनेर टिप्पणी गरिरहेका छन् नि ?
कसले त्यस्तो टिप्पणी गरिरहेको छ मलाई थाहा छैन । राम्रो र असल कार्यक्रम हो भने सफल हुनका लागि हामी नै जानुपर्छ भन्ने छैन । हामीविनाका कार्यक्रम पनि थुप्रै सफल भएका छन् । गणतन्त्र, लोकतन्त्र र जनताको हितमा गरिएका कार्यक्रम हामीविना पनि सम्पन्न हुन सक्छन् । हाम्रो उपस्थिति अनिवार्य हुँदैन, सही काम भएको भए हामी त्यहाँ नगएकै भए पनि समर्थन र सम्मान गर्छौँ । कसले त्यस्तो टिप्पणी गरेको हो, मलाई एकपटक सम्झाउन मन लागेको छ उसलाई । गतिलो काम हो भने रामेश-रायनको एक हात स्याबासीका लागि उठ्छ, खराब काम हो भने हामीसँग धिक्कार्नका लागि अर्को हात पनि छ ।
प्रस्तुतिः संगीतश्रोता

Nepalese Rupee Converter

0 comments:
Post a Comment