मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Wednesday, May 26, 2010

दातृनिकायद्वारा सहयोग रोक्ने चेतावनी

काठमाडौं/ वन क्षेत्रको संरक्षण, संवर्द्धन तथा जलवायु परिवर्तनका क्षेत्रमा सहयोग गर्दै आएका दातृनिकायले नेपाललाई दिँदै आएको सहयोग रोक्ने चेतावनी दिएका छन् ।

वनमन्त्री दीपक बोहराको भ्रष्ट प्रवृत्ति नसच्चिए हाल मन्त्रालयमार्फत वनसम्बन्धी विभिन्न कार्यक्रमका लागि दिँदै आएको करिब नौ अर्ब सहयोग रोक्ने चेतावनी दातृनिकायले दिएका हुन् ।

मन्त्री बोहराले मातहतका निकायमा सुशासन कायम गराउन नसकेको भन्दै युएसएड, युएनडिपी, फिनिस दूतावास, जाइका, विश्व वन्यजन्तु कोष, इसिमोड, विश्व बैंक, विश्व खाद्य तथा कृषि संगठनलगायत दातृनिकायले सहयोग रोक्ने चेतावनी दिएका हुन् । चेतावनीपछि मन्त्री बोहराले दातृनिकायका प्रतिनिधिलाई मंगलबार मन्त्रालयमा नै बोलाएर सहयोगको दुरुपयोग नहुने भन्दै सहयोग नरोक्न आग्रह गरेका छन् । (nayapatrika.com)

0 comments: