वाग्लुङ्ग जिल्लाको बोङ्गादोभान घर भई उत्तरी पर्वतको माझफाँट गाविस-३ वारीवेनीमा मजदुरी गरी वस्ने कोपीला दर्जीकी पाँच बर्षिया छोरीलाई जवरजस्ती करणी गरेको आरोपमा सोही स्थानका २४ वर्षिय रामवहादुर दर्जी पक्राउ परेका छन् ।
बालिकाकी आमा मजदुरी गर्न गएका बेला गत शुक्रवार साँझ पाँच वजेको समयमा जबरजस्ती करणी गरेको आरोपमा उनलाई पक्राउ गरेको हो । बालिकालाई घरमा एक्लै भएको बेला पारी दर्जीले जवरजस्ती गरेका थिए । बालिकाले योनी दुःखेको भनि उपचार गराउन म्याग्दी अस्पतालमा लैजाँदा डाक्टरले बलात्कार गरेको प्रमाणित गरेपछि आमा कोपीलाले जिल्ला प्रहरी कार्यालयमा जाहेरी गरेकी छिन् ।
कानुनी सहायता परियोजनामार्फ सोमवार जिल्ला प्रहरी कार्यालय पर्वतमा उजुरी दिइएको हो । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार पीडकलाई पक्राउ गरी घटनाका बारेमा अनुसन्धान भैरहेको जनाइएको छ । पिडक दर्जीले साविति वयान गरेको प्रहरीले जनाएको छ । पीडित बालिकाकी पुजा नाम गरेकी साथीले मेडि उचालेर ढुङ्गामाथि काखमा राखेर बलत्कार गरेको बयान जिल्ला प्रहरी कार्यालयमा दिएकि छिन् । पीडित बालिकाले मिर्ठाई दिन्छु भनि फकाएर जबरजस्ती गरेको प्रहरीसमक्ष वताएकी छिन् ।
कोपीलाका तीन छोरी मध्ये जेठी बिवाह गरेको, माईली र कान्छी साथमै रहेको र छोरा माईतीमा बस्दै आएका छन् । कोपीलाका श्रीमान भिमवहादुर कर्तव्य ज्यान मुद्धामा म्याग्दी कारागारमा रहेका छन् ।
यसै बिच पिडीत महिलालाई कानुनी सहायताका लागि सहयोग स्वरुप इन्सेक जिल्ला प्रतिनिधिको कार्यालय पर्वतले एक हजार रुपैया आर्थिक सहयोग गरेको छ । इन्सेक जिल्ला प्रतिनिधि माधवराज पाण्डेले उक्त सहयोग रकम हन्तान्तरण गर्नुभएको हो ।
Wednesday, July 28, 2010
पाँच बर्षिय बालिकामाथि जवरजस्ती करणी गर्ने पक्राउ
Subscribe to:
Post Comments (Atom)

Nepalese Rupee Converter






0 comments:
Post a Comment