मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Tuesday, June 8, 2010

साझा अवधारणसहित अघि बढ्ने कांग्रेस-एमालेको निष्कर्ष

२५ जेठ, काठमाडौं । सत्तारुढ कांग्रेस र एमालेले तीन वुंदे सहमति कार्यान्वयनका लागि साझा अवधारणा सहित अघि बढ्ने निर्णय गरेका छन् ।
सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यालयमा मंगलबार अपरान्ह बसेको दुई दलको शीर्ष तहको बैठकमा एकीकृत नेकपा माओवादीलाई समेत समावेश गरेर साझा अवधारण बनाएर अघि बढ्ने निर्णय गरेको हो ।

गत जेठ १४ गते भएको तीन वुंदे सहमति कार्यान्वयन गर्ने प्रतिवद्धता जाहरे गर्दै माओवादीसंग तत्काल तीन वुंदे सहमतिकाबारेमा छलफल अघि बढाउने निर्णय पनि बैठकले गरेको छ ।

बैठकमा तीन वुंदे सहमति कार्यान्वयनलाई सकरात्मक ढंगले अघि बढाउने विषयमा छलफल केन्द्रीत भएको बैठकमा सहभागि एक नेताले जानकारी दिएका छन् ।

तीन वुंदे सहमतिमा तीनै दलले आफू अनुकूल व्याख्या गरेपछि केही समय यता तीन दल औपचारिक छलफलमा बस्न सकेको छैन ।

प्रधानमन्त्रीको राजिनामा पहिला कि माओवादी लडाकूको समायोजन तथा पुर्नस्थापना पहिला भन्ने विषयमा माओवादी तथा कांग्रेस-एमालेवीच मतभेद् रहेको छ ।

प्रधानमन्त्रीले राजिनामा नदिएसम्म वार्तामा बस्नुको कुनै औचित्य नभएको माओवादीले बताउँदै आएको छ ।

कांग्रेस र एमालेले भने पहिलो प्याकेजमा सहमति हुनुपर्ने अडान राख्दै आइरहेका छन् ।

मंगलबारको बैठकमा नेपाली कांग्रेसका कार्यवाहक सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, नेता कृष्ण सिटौला, एमालेका अध्यक्ष झलनाथ खनाल, महासचिव इश्वर पोखरेल, नेता प्रदिप ज्ञवाली लगायतको सहभागिता रहेको थियो । (onlinekhabar)

0 comments: