मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Wednesday, September 21, 2011

भूकम्पबाट बच्ने उपायः दश टिप्सहरु

असोज १ गते गएको भुकम्पको धक्का १ मिनेट मात्रै महशुस गरिए पनि त्यसले उत्पन्न गराएको मानसिक कम्पन अझै कायमै छ । एकपटक नपरी कसरी चेतुँ भनेझै भुकम्प नआउँदासम्म कुनै तयारी नगरेका नेपालीहरु अब भने सचेत हुन थालेका छन् । यसै शिलशिलामा विभिन्न संचारमाध्यममा विज्ञहरुले अब फेरि भूकम्प आउँदा बच्नको लागि के कस्ता उपाय अपनाउने भन्नेबारे जानकारी धमाधम दिइदै छ  । यहाँ यस्तै दश टिप्स उल्लेख गरिएको छ ।

१) आफू र आफ्नो परिवारका लागि सुरक्षित ठाउँ पत्ता लगाउने ।
२) झट्का थाहा पाउनेबित्तिकै आगोको स्रोत तत्काल बन्द गर्ने ।
३) हतारमा आत्तिएर बाहिर नभाग्ने ।
४) कम्तीमा एउटा ढोका खोल्ने ।
५ ) घरबाहिर हुँदा टाउको सुरक्षित राख्ने र जोखिमयुक्त वस्तुबाट बच्ने ।
६) डिपार्टमेन्ट स्टोर वा प्रदर्शनी हलजस्ता ठूला व्यावसायिक केन्द्रमा हुँदा त्यहाँका सुरक्षाकर्मी वा कर्मचारीले भनेबमोजिम गर्ने ।
७) सवारी साधन चलाउँदा बायाँतर्फ मोडेर पार्क गर्ने । निषेधित क्षेत्रमा नलाने ।
८) पहिरो, ढुंगा, तथा चट्टान आदिबाट सावधान रहने ।
९)  सुरक्षित ठाउँतर्फ जाँदा अत्यावश्यक थोरै सामान मात्र बोकेर हिँड्ने ।
१०) हल्लाको पछि नलाग्ने । सही सूचना प्राप्त भएपछि मात्र सुरक्षित स्थलतर्फ लाग्ने ।

0 comments: