माधवकुमार नेपाल मन्त्रीमण्डलका ठाकुरप्रसाद शर्मा अझै नेपालका मन्त्री बहाल रहेका छन् भन्दा तपाईलाई विश्वास नलाग्न सक्छ । तर कुरो साँचो हो कि शर्मा अझै वातावरण मन्त्रीमा छन् । यो कुरा नेपाल सरकारको वातावरण मन्त्रालयको वेबसाइटले उनको फोटोसहित देखाइरहेको छ ।
संसार सूचना र प्रविधिको युगमा दौडिरहेको छ । यो युगमा नेपाल सरकारका २६ वटा मन्त्रालयहरुको वेबसाइट सञ्चालन हुनु राम्रो कुरो हो । वेबसाइटहरुले मन्त्रालयका गतिविधि र सेवा सुविधाबारे जानकारी दिन सक्छन् । संसारका जुनसुकै ठाउँमा रहेका नेपाली वा विदेशीले सम्बन्धित मन्त्रालयका सार्वजनिक चासोका विषयमा जानाकारी प्राप्त गर्न वेबसाइटमा हेर्न वा पढ्न सक्दछन् ।
विडम्बना हाम्रो देशको राजनीति गतिलो नहुँदा सरकारका सेवासुविधाको सर्वसाधरणको पहुँच पुग्न सकेको छैन । सीमित वर्गको हालिमुहालीका कारण राजनीतिक संघर्षहरु हुँदै आइरहेका छन् र शान्ति प्रक्रियाले अझै निकास पाउन सकेको छैन । जस्तो नेताहरुको व्यवहार मन्त्रालयहरुका वेबसाइटहरुको अवस्था पनि उस्तै उस्तै रहेको पाइन्छ ।
२६ मन्त्रालयहरुमध्ये रक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, गृह मन्त्रालय, अर्थ मन्त्रालय, उर्जा मन्त्रालय, सिंचाइ मन्त्रालय, संघीय मामिला, सविधानसभा, संसदीय व्यवस्था तथा संस्कृति मन्त्रालय, शान्ति तथा पुनर्निर्माण मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय, भूमिसुधार तथा व्यवस्था मन्त्रालय र भौतिक योजना तथा निर्माण मन्त्रालय गरी १३ मन्त्रालयहरुको वेबसाइटमा नेपाली सामग्री राखिएका भए पनि अंग्रेजीमा निर्माण भएका छन् अर्थात नेपालीमा हेर्न पाइने विकल्प छैन । मन्त्रालयहरुका वेबसाइट हेर्दा हाम्रो राष्ट्रिय भाषा अंग्रेजी रहेको भान पर्छ ।
'शिष्ट र नम्र व्यवहार : सेवाग्राहीको अधिकार' भन्ने धेरैजसो मन्त्रालयको वेबसाइटको नारा रहेछ । वातावरण मन्त्रालयको वेबसाइटले अझै पुरानै मन्त्री छन् भन्छ भने नेपालीहरुलाई शिक्षित बनाउने जिम्मेवारी बोकेको शिक्षा मन्त्रालयको वेबसाइटको जिम्मा पाएकोले शुद्धाशुद्धिमा ध्यान दिन सकेको देखिदैन । पलपलमा अद्यावधिक हुने कुरालाई त सबै मन्त्रालयले बिर्सेका रहेछन् भन्दा अत्युक्ति नहोला ।
सूचनाजस्तो संवेदनशील विषयमा ध्यान नदिनु पक्कै पनि हरिबिजोग हो र यस्ता गल्तिबाट भयानक समस्याहरु आइपर्न पनि सक्छन् । यसर्थ यी वेबमा रहेका सुधारात्मक पक्षहरुमा नेपाल सरकारले तत्काल ध्यान दिनुपर्छ कि ?
- योगेन्द्रमिलन छन्त्याल

0 comments:
Post a Comment