३ दिनभित्र उपस्थित नभए पक्रन निर्देशन-
विनिता दाहाल, काठमाडौं, साउन १६- न्यायालय र न्यायाधीशविरुद्ध गालीगलौज गरेकोमा चार्ल्स शोभराजकी पत्नी निहीता विश्वास तथा उनकी आमा शकुन्तला थापालाई ३ दिनभित्र सर्वोच्च अदालतमा उपस्थित हुन आदेश दिइएको छ। नआए पक्राउ गरी उपस्थित गराउन पनि आइतबार सर्वोच्चले निर्देश गरेको छ।
सोभराजविरुद्ध आजीवन कैद र सर्वस्वसहितको फैसलापछि उनीहरुले न्यायाधीश र न्यायालयलाई गाली गरेकोविरुद्ध परेको मुद्दामा आइतबार सर्वोच्चले यस्तो निर्णय गरेको हो।
आइतबार रामकुमारप्रसाद शाहको एकल इजालसले निहीता र शकुन्तलालाई निवेदकले माग गरेबमोजिम किन कारबाही नगर्ने ? भनी कारण पेश गर्न ३ दिनभित्र सर्वोच्चमा आफैँ उपस्थित हुन आदेश दिएको हो। मुद्दामा निवेदक शान्ता सेढाईं सापकोटा र राजन अधिकारीले शोभराजकी श्रीमती र सासूलाई एक वर्षको जेल साजय र जरिवाना माग गरेका छन्।
'तीन दिनभित्र यस अदालतमा उपस्थित हुनु, तारेख थाम्न पाइने छैन',- शाहको इजलासले कारण देखाउ आदेश जारी गर्दै भनेको छ- 'वारेस लाग्नै छैन भनी निजहरुको नाउमा छिटो सूचना दिनु।' सर्वोच्चले उनीहरु समयमा उपस्थित नभए प्रहरीमार्फत पक्राउ गरी उपस्थित गराउन आदेश दिएको छ।
मुद्दाका सम्बन्धमा अदालतको सहयोगीको रुपमा बहस गर्न इमिकस क्युरीको रुपमा कम्तिमा ३ जनाको दरले वरिष्ठ र अधिवक्ता तोकी पठाउन नेपाल बार र सर्वोच्च बारलाई अनुरोध गरिएको छ। साथै सर्वोच्चले अदालत परिसरमा निहीता विश्वास र सकुन्तला थापाले न्यायालय र न्यायाधीशविरुद्ध बोलेको भिडियो तथा अडियो टेप उपलब्ध गराएर सहयोग गर्न इलेक्ट्रोनिक मिडियाहरुलाई आग्रह गरिएको छ।
सोभराज पत्नी विश्वासले आफ्नो पक्षमा फैसला नआएको झोँकमा राष्ट्रिय-अन्तरार्ष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधि सामु 'भ्रष्ट न्यायाधीशलाई जेल हाल्नुपर्ने' प्रतिक्रिया दिएकी थिइन्। उनले सर्वोच्च परिसरमै 'ब्लडी जजेज' भन्दै न्यायाधीशले घुस खाएर चार्ल्सविरुद्ध फैसला गरेको आरोप लगाएकी थिइन्। निहीता र उनकी आमाका सार्वजनिक अभिव्यक्तिले अदालत तथा न्यायाधीशको मान हानी गरेको भन्दै सापकोटा र अधिकारले मुद्दा दायर गरेका थिए। (नागरिक)
Sunday, August 1, 2010
शोभराजकी पत्नी र सासूलाई सर्वोच्चमा उपस्थित हुन आदेश
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment