काठमाडौ, साउन १६ (नागरिक)- काठमाडौंको बढ्दो ट्राफिक जामलाई कम गर्न भौतिक योजना तथा निर्माण मन्त्रालयले काठमाडौको सडकमा सिसिटिभीको साथै नया ट्राफिक लाइटको व्यवस्था गर्ने भएको छ।
एसियाली विकास बैक अन्तर्गतको काठमाडौ सस्टिनेबल अर्वान् ट्रान्सपोर्ट म्यानेजमेन्ट प्रोजेक्ट (केसुट) ले काठमाडौको शहरी विकास व्यवस्थापन सम्बन्धि गरेको अध्ययनको अन्तिम प्रतिवेदनमा काठमाडौको जामलाई कम गर्न सिसिटटिभीका साथै ट्राफिक लाइटको माग गरेपछि यो व्यवस्था हुनु लागेको हो।
महानगरीय ट्राफिक प्रहरी महाशाखाको सहकार्यमा काठमाडौको सडकमा क्यामरा र लाइटको व्यवस्था गर्न लागेको मन्त्रालयले यसको लागि आवश्यक प्रक्रिया समेत सुरु गरिसकेको महानगरी ट्राफिक प्रहरी महाशाखाको भनाई छ।
महाशाखाका अनुसार दुई चरणमा विभाजित यो कार्यक्रमको पहिलो चरणमा महाशाखाले थापाथली, माइतीघर, सिंहदरवार, पद्मोदयमोड, पुलतीसडक, थापाथली, जयनेपाल, केशरमहल, जमल, भोटाहिटी, न्यूरोड, रणोदिप मार्ग लगायत काठमाडौको करिब २१ ठाउमा प्यान र जुम क्यामरा सहित वायरलेस, नाइट भिजन, फिक्स र ३६० डिग्री क्यामरा र त्यसको साथमा काठमाडौको थापाथली देखि जयनेपालसम्मको सोझो बाटोमा नया ट्राफिक लाइटको व्यवस्था गर्नेछ। त्यसैगरी दाश्रो चरणमा चक्रपथ बाहिरका क्षेत्र समेट्नेछ।
'यसको मुख्य उद्देश्य भनेकै उपत्यकामा जाम कम गर्नुका साथै ट्राफिक नियम उलंघन गर्नेलाई कारवाही गर्नु हो', कार्यक्रमको प्राजेक्ट म्यानेजर समेत रहेका महाशाखा प्रमुख डिआईजी विनोद सिंहले नागरिकसित भने,' त्यसैले यसलाई अझ प्रभावकारी बनाउन यी क्यामरा विशेषगरी ड्राइभरको अनुहार र खोजेको नम्बर प्लेट हेर्न मिल्ने खालको हुनेछ'।
आउँदो नोवेम्भरबाट सुरु हुने यो प्राजेक्ट विशेषगरी कन्सल्टेन्ट मार्फत सुचारु गरिने हुदा तत्कालका लागि यी बत्ती कस्तो र कसरी राखिने भनेरबारे आफूह्रुले अहिले नै केही नबताउन नसकिने उनले बताए। भने,'यसको कार्यान्वयनका लागि छुट्टै कमिटी बनेकोले यसबारे उनीह्रुले नै निर्णय गर्दै जानेछन्'।
यसको लागि मन्त्रालयले हाल प्रोजेक्ट म्यानेजर नियुक्त गर्ने र लोन स्वीकृत गर्ने काम मात्र सम्पन्न गरेको बताउने उनका अनुसार हाल काठमाडौमा भएका ट्राफिक लाइट म्यानुयल अवस्थामा रहनुका साथै र भएकामध्य आधाभन्दा बढी विग्रको अवस्थामा रहेका छन्।
Sunday, August 1, 2010
काठमाडौँका सडकमा सीसीटीभी र नयाँ ट्राफिक बत्ती
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment