मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Sunday, August 1, 2010

तेस्रो प्रयासबाट पनि प्रम चयन हुनेमा शङ्का

तराई केन्द्रित दलहरुको अनिर्णयले प्रचण्डको प्रधानमन्त्री बन्ने बाटोमा तगारो तेर्सिएको छ
संसदको तेस्रो ठूलो दल नेकपा एमालेले तटस्थ रहने बताएकाले नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलको जित असम्भव भएको छ।

त्यस्तै तराई केन्द्रित दलहरुको मधेशी मोर्चाले कसैलाई मत दिने वा नदिने निर्णय आइतबारसम्म नगरेकाले प्रधानमन्त्रीका अर्का दाबेदार माओवादी अध्यक्ष प्रचण्डको सम्भावना समेत अनिश्चित बनेको नेताहरुले बताएका छन्।

दृश्य दोहोरिने
यस अघि दुई दुई पटक असफल भएको संसदिय चुनावकै प्रक्रियाद्वारा प्रधानमन्त्री छान्ने काम सोमबार तेस्रो पटक हुन लागेको हो।

तर यसअघिका जस्तै दृश्य सोमबारपनि दोहोरिने सम्भावना बढेको छ।

नेपाली कांग्रेसका उम्मेदवार पौडेलको आशालाई त एमालेको अडानले ठूलै धक्का दिने पक्का छ। जसको प्रष्ट संकेत एमालेका महासचिव ईश्वर पोखरेलले दिएका छन्।

“हाम्रो पार्टि यो भन्दा अगाडिकै अडानमा अडिग छ। हामी सोमबारको चुनावमापनि तटस्थ बस्छौं,” उनले भने।

आशै आश
माओवादी अध्यक्ष प्रचण्डले सामान्य बहुमतकै भएपनि सरकार बनाउन आश गरेर बसेका तराई केन्द्रित दलहरुको समर्थन, आइतबारसम्म अनिश्चयकै घेरामा थियो।

आफुले प्रस्तुत गरेको आधारपत्रमाथि माओवादीले र नेपाली कांग्रेसले दिएका लिखित जवाफमाथि छलफल गर्न बसेको मोर्चाको बैठक लम्बिएको छ।

बैठकमा सहभागी मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका एकजना नेता जीतेन्द्र देवका अनुसार मोर्चाको निर्णायक बैठक सोमबारनै बिहानको लागि डाकिएको छ।

“केही बुँदाहरुमा स्पष्टता जरुरी भएको हुनाले थप छलफल गर्न मोर्चामा सम्मिलित चारै दलका अध्यक्षहरुले सोमबार बिहान माओवादीसंग कुराकानी गरेपछि हामी अन्तिम निर्णय लिन्छौं,” जीतेन्द्र देवले बताए।

विवाद
तेस्रो चरणको मतदानबाट समेत प्रधानमन्त्रीको चयन हुन नसकेमा चौथो चरणमा जाने वा संसदको नियमावलीनै परिवर्तन गरेर भएपनि सम्पूर्ण प्रक्रिया पुन शुरु गर्ने भन्ने बारे विवाद कायम छ।

सोमबार नतीजा नआएमा सहमतिको ताजा प्रयास थालिनुपर्ने एमाले महासचिव पोखरेलले बताए।

“नतीजा नआए दलहरु फेरि बसेर सहमतिको निम्ति शून्य विन्दुबाट प्रयास थाल्नुपर्छ,” पोखरेलले भने।

वर्तमान सरकारका प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा दिएको एक महिना पुगिसकेको छ।

उनको राजीनामापछि बन्ने आशा गरिएको सहमतिको सरकार त कता हो कता सामान्य बहुमतको सरकार बनाउन थालिएको कसरत समेत निरर्थक हुन थालेको छ। (BBC)

0 comments: