नेपाली कांग्रेसले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको अवधारणापत्रमाथि आफ्नो धारणा बुझाएको छ। प्रधानमन्त्रीको लागि आफ्नो पक्षमा मत जुटाउने धौडदुपमा रहेको कांग्रेसले मधेसी मोर्चाको मागप्रति पार्टीको धारणा व्यक्त गरेको हो।
लोकतान्त्रिक मधेसी मोर्चाले प्रस्तुत गरेको आधारपत्रबारे नेपाली काँग्रेसको धारणा
मिति -२०६७/०४/१६
१. नेपाली काग्रेस मधेसका एजेण्डाप्रति साधै गम्भीर र संवेदनशील रहि आएको छ । मधेशी अधिकार, भाषा, नागरिकता एवं राजनिति र सरकारी सेवाहरुमा उनीहरुको संमानपूर्ण सहभागिता र उपस्थितीका संवन्धमा शुरु देखिनै नेपाली कांग्रेसले आवाज उठाउदै आएको छ ।
२. २०४६ सालको जनआन्दोलन पछि नेपाली कााग्रेसको नेतृत्वमा गठित सरकारकै पालामा मातृभाषामा शिक्षा दिने कार्यको प्रारम्भ गरियो । यसमा मैथिली, भोजपुरी, अवधि, थारु लगायतका तराईमा प्रचलित राष्ट्रिय भाषाहरु समेटिए । १७ वटा भाषामा रेडियो नेपालबाट समाचार प्रशारण हुनथाल्यो । २०४६ सालको परिवर्तन पछि नेपाली काँग्रेसले लिएका अनेक विकासका कदमहरु तराईकै भूमिमा स्थापित छन् ।
३. संघीय नेपालका प्रदेशहरुले स्वशासन प्राप्त गर्ने कुरा निर्विवाद छ । यस संवन्धमा २०६४ भाद्र १६ गते सरकारको मधेशी जनअधिकार फोरम संग गरेको २२ बुदे संझौता तथा २०६४ फागुण १६ गते सयूक्त लोकतान्त्रिक मोर्चा संग भएको संझौता र तत्सम्वन्धी सहमति लगाएत अरु समूहहरु संग पनि भएको सहमति र संझौता अन्तरगत कार्यन्वयन गर्न वाकी रहेका विषयहरु लागु गर्न नेपाली कांग्रेस प्रतिवद्ध छ ।
४. नयाँ वन्ने संविधानमा नागरिकता समस्याको सामाधान गर्न व्यवाहारिक नीति नेपाली काँग्रेसले लिंदै आएको छ । जनआन्दोलन मार्फत संसद पुनस्र्थापना पश्चात नेपाली कांग्रेसले नेतृत्व गरको सरकारको समयमा मधेशमा रहेको नागरीकता समस्या समाधान गर्ने अभियानको रुपमा नागरकिता प्रदान गरिएको कुरा पनि विदितै छ । नागरीकता संवन्धमा वर्तमान अन्तरिम संविधानमा रहेको व्यवस्था कायम राख्ने मधेशवादि दलहरुको चाहनासंग हामी सहमत छौ ।
५. सुरक्षा अङ्गहरुलाई राष्ट्रिय स्वरुप एवं पूर्ण समावेशी बनाइनुपर्ने कुरामा नेपाली काँग्रेस पूर्ण प्रतिबद्ध छ । नेपाली कांग्रेसले नेतृत्व गरेको सरकारको समयमा निजामती सेवालाई समावेसी वनाउने विधेयक पारीत भै कार्यान्वयनमा आइसकेको छ । नेपाली सेना लगायत अन्य सेवालाई पनि समावेसी वनाउने विधेयक संसदमा पेश भैसकेको छ । सुरक्षा निकायमा मधेसी सहभागिताका लागि नेपाल प्रहरी, नेपाल सशस्त्र प्रहरीमा समेत भर्नाको प्रक्रिया शुरु गरिसकेका छन् । संसदमा विचाराधिन विधयेक पारित भएपछि नेपाली सेनामा पनि यो प्रकृया सुरु गरिने छ ।
६. तराईलाई मरुभूमीकरण तथा डुबानको खतराबाट जोगाउन सरकारले विशेष राष्ट्रिय परियोजनाको तर्जुमा र बजेट व्यवस्था गर्नुपर्ने नेपाली काँग्रेसले जरुरी देखेको छ । यसका लागि बन फडानी, ढुङ्गा बालुवा निकाल्ने, पर्यावरण वा नदी प्रणाली विथोल्ने कार्यको पूर्णतया नियन्त्रण गर्नुपर्दछ भन्ने हाम्रो धारणा छ । मधेशवादीहरुको भावनाको कदर गर्दे आवश्यकता अनुसार साझेदारी वनको अवधारणा लागू गर्ने मागसाग नेपाली कांग्रेस सहमत छ । मधेशको वन विनास गरी आन्तरकि आप्रवासन बढाउने कार्य निरुत्साहीत गर्नु पर्दछ भन्नेमा हामी सहमत छौ ।
७. संविधानमा भएको व्यवस्था एवं संविधान सभाको कार्यक्षेत्र भित्र पर्ने एजेण्डामा सरकारले पनि हस्तक्षेप गर्न नसक्ने हुनाले सहमतिका आधारमा नयाँ निर्णयमा पुग्नुपर्ने आवश्यकता छ । यस्ता विषयमा राजनीतिक पार्टीहरु साग छलफल गरी उपयुक्त निकास खोजी गर्नुपर्ने हाम्रो धाराण छ ।
८. संविधान निर्माणको काम संविधान संविधान सभाबाट २०६७ चैत्र मसान्तभित्र सम्पन्न गर्नुपर्छ भन्ने कुरामा मधेशी मोर्चासाग हाम्रो सहमति छ ।
९. लोकतन्त्र र विधिको शासनका विश्वव्यापी मूल्य, मान्यता र प्रचलनबाट आगामी संविधानलाई सुसज्जित गर्नुपर्ने कुरामा नेपाली कााग्रेस पूर्ण सहमत छ । यस सन्दर्भमा मानवअधिकार र प्रेस स्वतन्त्रता, लोकतान्त्रिक गणतन्त्र, प्रादेशीक स्वतन्त्रता सहितको संघीय व्यवस्था, नागरीक सर्वोच्चता र विधिको शासन, बहुलवाद, स्वतन्त्र न्यायपालिका र आवधिक निर्वाचन जस्ता विषयहरुमा हामी पूर्णतया प्रतिवद्ध छौ ।
१० . संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले प्रस्तु गरेको अवधारणापत्रमा शान्ति प्रक्रियावारे पनि केही महत्वपूर्ण बुादाहरु समावेश भएका पायौ । यसै सिलसिलामा विगतको संझौताहरुको परिपालन गरी हिंसाको परित्याग, सुरक्षा निकायमा समावेश गरिने लडाकुहरुको संख्या निर्धारण र सम्वन्धीत निकायको मापदण्डाको आधारमा लडाकु समायोजन गर्ने कुरा स्पष्ट गरी लडाकुहरुको समायोजन र पुनस्र्थापन, वाइसीएलको अर्धसैनिक संरचनाको अन्त एवं जफत भएका सम्पति फिर्ताका विषयमा ठोस कार्यान्वयन नभई माओवादीको नेतृत्वबारे विचार गर्न नसकिने सम्वन्धमा हामीलाई आफनो धारणा स्पष्ट पारीसकेका छौ । यसबारे संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा पनि सहमत छ भन्ने कुरामा हामी विश्वस्त छौ ।
११. तराईका आमजनतालाई सर्वसुलभ रुपमा सुरक्षा उपलव्ध गराउन र तराईमा शान्ति र सुरक्षाको वातावरण वनाउन नेपाली कााग्रेस कृत संकल्पित छ । सबै किसिमका भेदभाव र असमानता हटाई तराई/मधेसका निवासी सबै मधेसी नेपालीलाई सम्मानित नागरिक जीवन, मानवीय मर्यादा र सामाजिक सद्भाव दिलाउन नेपाली काागे्रस मधेसी जनताको साथमा छ ।
१२. राजनीतिक उद्देश्य र जनताका सवाल उठाएर तराईमा द्वन्द्वरत सवै पक्षसंग वार्ता र संवादद्वारा सम्मानजनक निष्कर्शमा पुग्न सकिन्छ भन्ने नेपाली कााग्रेसको दृढ विश्वास छ । नेपाली कांग्रेस र मधेशवादी दलहरु सहभागी भएको वर्तमान सरकार निर्माणको समयमा पनि मधेशका मुद्धाहरु प्रति संवेदनशील हुदै न्यूनतम साझा कार्यक्रममा समावेश भएका हुन् । त्यस प्रति नेपाली कांग्रेस प्रतिवद्ध छ । आवश्यकता अनुसार मधेशी भावनाको कदर गर्दै सहमतीको आधारमा त्यसमा थप परिर्माजन र सुधारको लागि नेपाली कांग्रेस संधै तयार रहन्छ ।
१३. लोकतान्त्रिक मधेशी मोर्चाले उठाएका केही विषयहरु खासगरी — आत्मनिर्णयको अधिकार, राज्य पुनसंरचना आयोग गठनको औचित्यबारे र नेपाली सेनामा मधेशी समुदायको समूहगत प्रवेशका विषयहरु — यस्ता छन जसको महत्वका कारण थप स्पष्टताको आवश्यकता मात्र होइन यसबारे नेपाली कांग्रेसभित्र संस्थागत छलफलको आवश्यकता पर्दछ । हाल नेपाली कांग्रेस राष्टिय महाधिवेशनको तयारीको वीचमा रहेको र नेतृत्व तहका अधिकांश साथीहरु क्षेत्रीय र जिल्ला अधिवेशनको सिलसिलामा राजधानी वाहिर रहेकाले यसबारे केन्द्रीय समितिको बैठक तुरुन्त बोलाई विचार गर्न संभव भएन । यसबारे तपाईहरु साग स्पष्ट भै पार्टीको औपचारिक बैठक समेत बसी स्पष्ट पार्ने छौं । तथापी हामी के विश्वास दिलाउन चाहन्छौ भने मधेशका संवदेनशील र महत्वपूर्ण मुद्धाहरको सम्बन्धमा राष्ट्रि स्तरमा बहस गराई मधेशी जनताहरुलाई स्वाभिमान र समान हक र सम्मान दिलाउन नेपाली कांग्रेस इमान्दारीपूवर्क कार्य गर्नेछ । (FNN)
Sunday, August 1, 2010
मधेसी मोर्चाको अवधारणाप्रति कांग्रेसको धारणा के छ त ?(पूर्णपाठ)
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment