काठमाडौं, साउन १६ (नागरिक)- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सोमबार हुने प्रधानमन्त्री निर्वाचनमा कसलाई समर्थन गर्ने भन्ने विषय आइतबार पनि टुंगो लाग्न सकेन। माओवादी नेतृत्वको सरकार गठनमा निर्णायक देखिएको मोर्चाले आइतबार अबेरसम्म निर्णय नगर्दा नयाँ प्रधानमन्त्री चयन प्रक्रिया फेरि अनिर्णित हुने शंका बढेको छ।
मोर्चाले राखेका मागप्रति लचिलो देखिए पनि मधेस एक प्रदेशको मागलाई माओवादीले स्वीकारेको छैन। माओवादी-मोर्चाबीच प्रधानमन्त्रीको चुनाव हुने दिन सोमबार ९ बजे बैठक बस्ने सहमति भएको एक मधेसी नेताले नागरिकन्युजलाई बताए।
मोर्चाका माग सम्बन्धमा कांग्रेसले आफ्नो अवधारण स्पष्ट पारे पनि ती अध्ययन गर्न आइतबार नभ्याएकाले सोमबार नै कांग्रेससँग पनि बैठक हुने सम्भावना छ।
मोर्चाले प्रधानमन्त्रीका प्रत्यासी पुष्पकमल दाहाललाई समर्थन दिए उनी प्रधानमन्त्री बन्न सक्छन्। संसदमा २ सय ३७ मत रहेको माओवादीलाई ६३ मतको आवश्यकता छ। चार दलको मोर्चासँग ८२ मत छन्।
Sunday, August 1, 2010
मोर्चाले कसलाई सघाउने अझै अनिश्चित
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment