कुवेतस्थित अलमुल्ला ग्रुप अन्तर्गतको सेक्यूरिटी सेक्सनमा कार्यरत नेपालीहरु लगायत बिभिन्न देशका गार्डहरुले बिभिन्न माग राखेर तीनदिनदेखि हडताल चर्काएपछि सहमतीमा आएलागतै ५ नेपालीहरुलाई सिधै नेपाल पठाइ दिएको छ।
काम छोडेर बसेको निहुँमा हडताल चर्काउने ५ नाइकेहरुलाई छानेर टिकट काटेर नेपाल पठाएँ पनि एक नाइक परे पनि चार भने निर्दोष पनि नेपाल पुगेका छ। जुन ५ जनाको समुहमा तीन जनाले आफ्नो तलबको झन्डै ३ हजार कुबेती दिनार -नेपाली ८ लाख रुपैया० पनि यतै छोडेर जान वाध्य भएका छन।
यस्तै गरी कम्पनीले अन्य ४५ जनाको नेपाल फर्काउन नाम लिस्ट निकालेको छ। कम्पनीको क्याम्पमा ब्यबस्थापन र गार्डहरुबीच सहमती नभएपछि बिबाद चर्कदै गएको हुनाले नेपाली दुताबास कुबेतका प्रतिनिधि भुबन पौडेलले सम्झाउदै नेपालको स्थिति ठिक छैन केटा हो भन्दै सहमती गरेर काममा फर्कन सल्लाह दिएर फर्केका थिए । साथै उनले कम्पनीको क्याम्पमा नेपालीहरुले जथाभाबी रुपमा जाँडरक्सी खाएर होहल्ला गरेको देखेर यहाँको कानुनलाई सम्मान गर्न पनि सुझाब दिएका थिए।
लामो समयदेखि तलब भात्ता नबढेको, आबासीय भिसा नबिकरन नगरिदिएको जसका कारण स्थानिय कानुन अनुसार सुबिधा उपभोग गर्न नपाएको भन्दै बिगत तीन दिनदेदि सम्पूर्ण गार्डहरु एकै साथ शान्तिपूर्ण हडतालमा उत्रेका थिए। शुक्रबार मात्र दश कुबेत डिनार तलब बढ्ने सहमति भएपछि सबै ड्युटीमा फर्केका थिए । उता ब्यबस्थापनले एकातिर तलब बढाएर कान घुमाएर १० कुबेती डिनारबाट खाना भत्ता ५ दिनार भने काट्ने भएको छ।
कुबेतमा कार्यरत ४५ हजार नेपालीहरु मध्ये बहुसंख्यक रुपमा सेक्युरिटी गार्ड र घरेलु कामदारको रुपमा कार्यरत छन र यिनीहरुको सम्बन्ध पनि नङ र मासुको जस्तो छ। कुबेतमा नाम चलेका दर्जनौ सेकुरिटी कम्पनीहरुमा अधिकांश नेपालीहरु कार्यरत छन र उनीहरुले ४५ कुबेती दिनार खाने साधारण सेक्युरिटीदेखि २ ह्जार कुबेती डिनारसम्म तलब खाने सेक्युरिटी अफिसर सम्म छन। प्राय सबै सेक्युरिटी कम्पनीहरुले आफ्ना कामदारहरु अरु कम्पनीहरुलाई कमिसनमा अपुर्ती गर्ने हुनाले सबैको तलब भात्ता न्युन छ भने टाठा बाठाहरुले भने कम्पनी परिवर्तन गरेर राम्रो कम्पनीमा राम्रो तलब भात्तामा काम गरीरहेका छन।
आर।बि।बुढाथोकी ‘गाउले’/ कुबेत FNN
Sunday, August 1, 2010
हडताल गरेको आरोपमा ५ नेपाली सिधा नेपाल पुगे
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment