रवि रोषी/विष्णु पौडेल
नेपाल कतार अनलाईन
आजभन्दा ८६ बर्ष अगाडि जन्मनु भएका कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला नेपाली प्रजातान्त्रिक आन्दोलनका एउटा दीयो हुनुहुन्थ्यो । सन् १९२५ सालमा पिताजी कृष्णप्रसाद कोइराला र माता दिब्या कोइरालाका कान्छा सुपुत्रका रुपमा जन्मनु भएका उहाँले प्रजातन्त्रका निम्ति कहिल्यै कोहीसँग घुँडा टेक्नु भएन । त्यति मात्र होइन प्रजातन्त्र प्रतिको दीयो जस्तोसुकै कठीन अवस्थामा पनि निभ्न दिनुभएन । राणा, पञ्चायत र राजाको प्रत्यक्ष शासनविरुद्ध सधै अग्रमोर्चामा डट्नुभएका कोइराला नेपाली जनताबीच प्रजातन्त्रका लागि ढुकढुकी नै मानिनु हुन्थ्यो ।
भारतीय स्वतन्त्रता संग्राममा संलग्न भएर आफ्नो राजनीतिक जीवन शुरुवात गर्नु भएका कोइरालाले राणा शासनविरुद्धको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभयो । विराटनगर जुटमिलमा २००७ सालमा भएको मजदुर आन्दोलनको नेतृत्व गर्नु भएका कोइरालाले आफुलाई सधै एक निडर र आत्मविश्वासी नेताका रुपमा उभ्याउनुभयो ।
वि.सं. २०४६ को जनआन्दोलन सफल भएपछि पटक पटक मुलुकको नेतृत्व गर्दै प्रधानमन्त्री बन्नु भएका कोइरालाले ०६२/६३को जनआन्दोलनको पनि सफल नेतृत्व गर्नु भएको थियो ।
प्रजातन्त्र प्राप्तिको लडाईमा निकै बर्ष जेल जीवन विताउनु भएका कोइरालाले निर्दलीय पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलन गर्दा निर्वासनको जीवन बिताउनु भयो ।
खासगरी माओवादी आन्दोलनले जर्जर भएको नेपाली राजनीतिलाई नयाँ आशा जगाउने काम पनि कोइरालाले नै गर्नुभयो । दशक लामो माओवादी सशस्त्र युद्धमा हजारौ नेपालीको रगत बगिरहेका बेला कोइरालाले माओवादीलाई हिंसाको बाटोबाट छुटाएर शान्तिपूर्ण बाटोमा ल्याउनुभयो । आफ्नो राजनीतिक जीवनलाई नै दाउमा राखेर माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने चुनौति बोक्नु भएका कोइरालाको साहसकै कारण कसैले कल्पना नगरेको संसद पुनस्र्थापना मात्र गराएन, मुलुकबाट राजतन्त्रलाई सदाका लागि नेपाली धर्तीबाट बिदा गरायो । उहाँकै कारण नेपाली जनताको आफ्नै हातले संविधान बनाउने वर्षौदेखिको चाहना पूरा हुने मुखमा कोइरालाले भने धर्तीनै त्याग्नुप�यो । दैवको नियती होला, कोइरालालाई संविधान जारी भएको हेर्ने दिन जुरेन । आफ्नै मुखले सदियौं लामो राजतन्त्र अन्त्यको घोषणा गर्नुभएका कोइरालाले जीवनको अन्तिम घडीसम्म पनि शान्ति प्रक्रिया र संविधान निर्माणप्रति चिन्ता व्यक्त गरिरहनुभयो । अस्पतालको शैयामा छट्पटाइरहँदा पनि कोइरालाले नेताहरुलाई जारी शान्ति प्रक्रियामा टुंगोमा पु�याउन घच्घचाइरहनुभयो । खासगरी माओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री माधव नेपाललाई संयमित र सहमतिपूर्वक राजनीतिलाई अघि डोहो�याउन भनिरहनुभयो । अन्तिम घडीमा पनि कोइरालाको आँखाले अरु नेताबाट त्यही विश्वास र प्रतिवद्धता खोजिरह्यो ।
गिरिजाप्रसाद कोइराला जीवन� २
सन् १९४८ मा मजदुर आन्दोलन मार्फत् नेपाल ट्रेड यूनियन कांग्रेसको स्थापना गर्नु भएका कोइराला सन् १९५२ देखि १९६० सम्म मोरङ कांग्रेसको सभापति बन्नु भएको थियो । वि.सं. २०१७ सालमा राजा महेन्द्रले कू गरी प्रजातन्त्रको अपहरण गरेपछि उहाँले सात बर्ष लामो जेलजीवन बिताउनु मात्र भएन २१ दिने भोक हड्ताल समेत गर्नुभएको थियो । उहाँ सन् १९६८ मा कांग्रेसका अरु नेता कार्यकर्तासँगै भारत निर्वासित हुनुभयो ।
उहाँ २०३३ सालमा वीपी कोइरालाले राष्ट्रिय मेलमिलाप नीति लिएर स्वदेश फर्केलगत्तै उहाँ पनि सँगै नेपाल फर्कनुभयो । सन् १९७५ देखि १९९१ सम्म नेपाली कांग्रेसका महामन्त्री रहनु भएका कोइराला लडाकु र कुशल संगठकका रुपमा पार्टी भित्र परिचित मात्र हुनु भएन सोही कारण पार्टीको नेतृत्व पटक पटक सम्हाल्नु भयो ।
उहाँ कांग्रेसले संचालन गरेको सन् १९८७ को शान्तिपूर्ण सत्याग्रहमा संलग्न हुनुभयो र ९ महिनासम्म घरमै नजरबन्दमा पर्नुभयो । २०४६ को आन्दोलन पछि २०४८ सालमा भएको प्रतिनिधिसभाको चुनावमा उहाँ मोरङ क्षेत्र नम्बर १ र सुनसरीको क्षेत्र नम्बर ५ बाट चुनिनु भयो । सोही बर्ष भएको नेपाली कांग्रेसका महाधिवेशनबाट उहाँ सभापति पदमा चुनिनु भयो । संसदीय दलको नेतामा निर्वाचित हुँदै कोइरालाले पहिलो पटक मुलुक सञ्चालनको बागडोर प्राप्त गर्दै प्रधानमन्त्री बन्नुभयो । पाँच वर्षे कार्यकालका लागि प्रधानमन्त्री बनेपनि कोइरालाले पूरा अवधि काम गर्न पाउनु भएन । पार्टीभित्रको किचलोका कारण आफ्नै पार्टीका ३६ जना सांसद सरकारको नीति तथा कार्यक्रममा अनुपस्थित भएपछि सरकारको कार्यक्रम पारित भएन । सर्वत्र विरोध हुँदाहुँदै पनि उहाँले २०५१ सालमा संसद भंग गर्दै मध्यावधि निर्वाचनमा जाने घोषणा गर्नुभयो ।
मध्यावधि निर्वाचनमा मोरङ र सुनसरीबाट निर्वाचित कोइराला २०५२ सालमा भएको कांग्रेस महाधिवेशनबाट सभापति फेरि चुनिनु भयो । उहाँ २०५४ सालमा कांग्रेस संसदीय दलको नेता चुनिदै २०५५ सालमा प्रधानमन्त्री बन्नुभयो ।
उक्त एक बर्षे अवधिमा संयुक्त सरकारको नेतृत्व गर्दै प्रधानमन्त्री बन्नु भएका कोइराला सरकारले गराएको आवधिक संसदीय चुनावमा उहाँ फेरि आप्mनो पुरानै निर्वाचन क्षेत्रबाट निर्वाचित हुनुभयो । त्यसपटक कृष्णप्रसाद भट्टराई प्रधानमन्त्रीबाट हटेपछि उहाँ संसदीय दलको नेता बन्नु भयो । २०४८ देखि २०५१, २०५५ देखि २०५६, २०५७ देखि २०५८, २०६३ देखि २०६५ सम्म प्रधानमन्त्री बन्नु भएका कोइरालाले मुलुकबाट राजतन्त्रको अन्त्य भएपछि कार्यवाहक राष्ट्रप्रमुखका रुपमा पनि कार्य गर्नुभयो ।
६० बर्षभन्दा लामो राजनीतिक जीवनमा उहाँले थुप्रै दुस्साहसी निर्णय र काम पनि गर्नुभयो । पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा उहाँको नेतृत्वमा हेलिकप्टर हाइज्याकसम्मको काम भएको थियो । कोइरालाको पहिलो प्रधानमन्त्रीत्वकालमा पञ्चायतकालिन राजनीतिक, आर्थिक र सामाजिक घुम्टोभित्र गुम्सिएको मुलुकले उदारीकरणतर्फ प्रवेश गरेको थियो । त्यतिनै बेलाको कांग्रेस सरकारले शिक्षा, स्वास्थ्य र संचार क्षेत्रमा युगान्तकारी परिवर्तनको काम थाल्यो । अहिलेको यी क्षेत्रमा देखिएको परिवर्तन पनि त्यसैको आधारविन्दु हो ।
कोइरालाको तेस्रो कार्यकालमै नेपाली राजनीतिको दुःखद हत्याकाण्ड मानिने दरवार हत्याकाण्ड भयो । जसमा राजा वीरेन्द्रसहित उहाँको परिवारकै नारायणहिटी दरवारमा हत्या भयो । यही समयमा मौलाउँदै गएको माओवादी आन्दोलन नियन्त्रणका लागि सेना परिचालन गर्न खोज्दा सेना र दरबारबाट असहयोग भएपछि कोइरालाले २०५७ मा प्रधानमन्त्री पदबाट राजिनामा दिनुरेको थियो ।
२०६३ सालमा सम्पन्न जनआन्दोलनले मुलुकमा लोकतन्त्र स्थापनासँगै प्रतिनिधिसभाको पुनस्थापना गरेपछि सात पार्टीका तर्फबाट प्रतिनिधित्व गर्दै उहाँ फेरि प्रधानमन्त्रीमा चुनिनुभयो । यो उहाँको चौथो कार्यकाल थियो । सोही कार्यकालमा पुनस्थापित प्रतिनिधिसभाले राजाका सबै अधिकारहरु नियन्त्रण गरेको थियो ।
२०६४ सालमा कोइराला फेरि अन्तरिम संविधान अनुसार माओवादी समेतको संलग्नतामा प्रधानमन्त्रीमा चुनिनुभयो । चैत्र २०६४ मा भएको संविधानसभा चुनावले नेपाललाई २०६४ जेठ १५ मा राजतन्त्र अन्त्य गर्दै गणतान्त्रिक मुलुकका रुपमा घोषणा ग�यो । संविधानसभामा ठूलो दलका रुपमा माओवादी निर्वाचित भएपछि सत्ता समीकरणमा विभिन्न खाले अप्ठ्याराहरु देखिन थाले र माओवादीले सरकारको नेतृत्व ग�यो । मुलुकको पहिलो राष्ट्रपति बन्ने कोइरालाको चाहनालाई माओवादीले बाधा पु�यायो र कोइरालासँग भएको बचन पालना गरेन । अन्ततः कोइरालाको राष्ट्रपति बन्ने सपना पूरा हुन सकेन ।
नेपाली शान्ति प्रक्रियामा कोइरालाले पु�याएको योगदानलाई कदर गर्दै वर्तमान सरकारले कोइरालालाई नोबेल शान्ति पुरस्कार दिलाउन सिफारिस गरेको छ । एकदशक लामो सशस्त्र युद्धमा रहेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने गम्भीर जिम्मेवारी लिनु भएका कोइरालाको देहवसानसँगै जारी शान्तिप्रक्रिया र संविधान कस्ले, कुन टुंगोमा पु�याउला भन्ने चिन्ता अहिले सर्वत्र छाएको छ । कोइरालाको अन्तिम इच्छा र चाहना पूरा गर्ने जिम्मेवारी अब अरु नेताहरुको काँधमा आएको छ । अल बिदा प्रजातन्त्रका सीपाही गिरिजा बाबु । तिम्रो राजनीतिक वलिदान नेपालको इतिहासमा स्वर्ण अक्षरमा लेखियोस् ।
Wednesday, July 14, 2010
गिरीजा प्रसाद कोइरालाको जीवनी
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment