मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Sunday, July 4, 2010

म्याराडोनाको हनिमुन समाप्त

सकरसिटी/ तीनपटकको पूर्वविजता जर्मनी शनिबार अर्जेन्टिनी प्रशिक्षक डिएगो म्याराडोनाको सपना चकनाचुर पार्दै विश्वकप फुटबलको सेमिफाइनल पुगेको छ । सकरसिटी रंगशालामा सम्पन्न तेस्रो क्वाटरफाइनलमा जर्मनीले उपाधि दाबेदार अर्जेन्टिनामाथि ४-० को सानदार जित दर्ता गर्दै जर्मनीले सेमिफाइनलको स्थान पक्का गरेको हो । जर्मनीको जितमा मिरोस्लाभ क्लोज नायक रहे । उनले खेलको ७४औँ र ८९औँ मिनेटमा गोल गरेका थिए । विश्वकप इतिहासमा ब्राजिलका रोनाल्डोले राखेको सर्वाधिक १५ गोल संख्या बराबर गर्न क्लोज एक गोलपछाडि छन् ।

हारसँगै प्रशिक्षक म्याराडोनाको सन् १९८६ पछि अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाउने वाचासमेत टुट्यो । चालू विश्वकप जित्दा प्रशिक्षक म्याराडोनाले बुनर्सआर्यसमा नांगै दौडने अर्जेन्टिनी बासिन्दासँग प्रतिज्ञा गरेका थिए । जर्मनीले उत्कृष्ट नतिजा आप\mनो पक्षमा राख्दा प्रशिक्षक म्याराडोना भावुक भएका थिए । अर्जेन्टिनाले सन् १९८६ को विश्वकप फाइनलपछि जर्मनीलाई हराउन सकेको छैन । अघिल्लो संस्करणमा अर्जेन्टिना जर्मनीसँग क्वाटरफाइनलमै पेनाल्टी सुट आउटमा ४-२ ले पराजित भएको थियो ।

खेलको तेस्रो मिनेटमै थोमास मुलरले पिmकिकमा हेड गोल गरी जर्मनीलाई १-० को अग्रता दिलाएका थिए । चालू प्रतियोगितामा मुलर र क्लोजको चार-चार गोल भएको छ । मुलरको गोललगत्तै अर्जेन्टिना आत्तिएको देखियो । क्लोजले ६२औँ मिनेटमा २-० का लागि गोल गर्नुअघिसम्म पनि अर्जेन्टिनाले खेल पकड बनाएको थियो । बार्सिलोनाका प्लेमेकर लियोनल मेसी, म्यानचेस्टर सिटीका कार्लोस टेभेज, रियल म्याडि्रड गोन्जालेज हिगुइनले अन्तिमपटक अर्जेन्टिनालाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर, निकै बलियो जर्मनी डिफेन्स उनीहरूले खेलको कुनै समय तोड्न सकेनन् । अब जर्मनी फाइनल स्थानका लागि स्पेन तथा पाराग्वेबीचको विजेतासँग भिड्नेछ ।

उरुग्वे अन्तिम चारमा

उरुग्वे चालू विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । उरुग्वेले शुक्रबार घानालाई पेनाल्टी सुटआउटमा ४-२ ले हराउँदै अन्तिम चारको स्थान पक्का गरेको हो । उरुग्वेको जितमा गोलरक्षक फनान्डो मस्लेराले घानाका जोहन मेनास तथा डोमिक एडियाहको प्रहार रोकेका थिए । अतिरिक्त समयको अन्तिम मिनेटमा घाना जितनजिक पुगेको थियो । लुइस साउरेन्जले घानाका स्ट्राइकर ग्यानको प्रहार गोललाइनबाट हातले छेकेर रोके । पेनाल्टी क्षेत्रमा ह्यान्ड गर्दा प्राप्त पेनाल्टी ग्यानले गोलमा परिणत गर्न नसक्दा क्षण घानाको दुर्भाग्य भयो । निर्धारित समयमा घाना र उरुग्वेबीच १-१ को बराबरी भएको थियो ।

0 comments: