मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Thursday, July 15, 2010

आयोग गठनको निर्णयप्रति आपत्ति

काठमाडौं, असार ३१- व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने १७ दलले राज्य पुनःसंरचना आयोग गठनसम्बन्धी प्रमुख तीन दलबीच भएको सहमतिप्रति आपत्ति जनाएका छन्। संविधानसभाका अन्य २२ दललाई उपेक्षा गरी तीन दलको सहमति नै राष्ट्रिय सहमति ठान्ने मानसिकताप्रति खेद प्रकट गरेका छन्।

सिंहदरबारस्थित सद्भावना पार्टी संसदीय दलको कार्यालयमा भएको सद्भावना पार्टी, मधेसी जनअधिकार फोरम नेपाल, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक), तराई मधेस लोकतान्त्रिक पार्टी, दलित जनजाति पार्टी, नेपाल परिवार दल, राप्रपा नेपाल र राष्ट्रिय जनशक्ति पार्टीले आयोग गठनप्रति असहमति जनाएका हुन्।

बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी, सप्रजपा नेपाल, चुरेभावर राष्ट्रिय एकता पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल लोकतान्त्रिक समाजवादी दल, नेकपा माले, नेकपा (संयुक्त), नेपाल सद्भावना पार्टी (आनन्दीदेवी), नेपाल जनता दल तथा केही स्वतन्त्र सभासद्को सहभागिता थियो।

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ- 'राज्य पुनःसंरचनाजस्तो महत्वपूर्ण विषयमा संविधानसभाका सबै दलको सहमतिबिना तीनदलको यो निर्णय हामीलाई स्वीकार्य छैन।'

बैठकले तत्काल बहुमतीय पद्धतिबाट सरकार गठन गर्नुपर्ने प्राविधिक परिस्थिति रहे पनि राजनीतिकरुपमा सहमतीय सरकार नै गठन हुनुपर्नेमा जोड दिएको छ।

वर्तमान राजनीतिक अन्योल अन्त्य गरी तत्काल राष्ट्रिय सहमतिको सरकार गठनका लागि सहमत हुन प्रमुख तीन दललाई आह्वान गर्दै ती दलले त्यसका लागि आवश्यक सहयोग गर्न आफूहरु तयार रहेको जनाएका छन्। रासस

0 comments: