मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Sunday, July 4, 2010

बलात्कारपछि बालिकाको हत्या

२० असार, स्याङ्जा । स्याङ्जाको चित्रेभन्ज्याङ् गाउँ बिकास समितिमा एक बालिकालाई बलात्कार पछि हत्या गरिएको छ । चित्रेभन्ज्याङ् गाविस-३ बस्ने प्रकाश विककी सात वर्षीया छोरी हिमकला विकलाई टुकुञ्जेका १७ बर्षीय लालबहादुर सुचीकारले बलात्कार पछि हत्या गरेका हुन् ।

प्रहरी नियन्त्रणमा रहेका सुचीकारले अभियोग स्वीकारेको इलाका प्रहरी कार्यालय मग्याम चिसापानीले जनाएको छ ।

अबेरसम्म बालिका घर नफर्केपछि खोज्दै जाँदा नजिकको जंगलमा शव भेटिएको स्थानीयबासीले बताएका छन् ।

एसएलसीमा फेल भएपछि आत्महत्या

यसैबीच स्याङ्जाको पुतलीबजार नगरपालिका-८ सातौं ठूलापोखरीमा एक युवतीले प्रवेशिका परीक्षामा असफल भएपछि आत्महत्या गरेकी छन् । स्थानिय नवदत्त ढकालकी १८ बर्षीया छोरी मनकुमारीले आफ्नै घरको बार्दलीमा गएराति झुण्डिएर आत्महत्या गरेकी हुन् । उनले रजस्थल उच्च माबिबाट परीक्षा दिएकी थिइन् ।

प्युठानमा पुरुषको शव फेला

प्युठानको देवीस्थानमा एक पुरुष मृत अवस्थामा भेटिएका छन् । रोल्पा जिल्ला जेदबाङ-१ घर भएका ३० वर्षीय लिलबहादुर खड्का शनिबार साँझ मृत अबस्थामा भेटिएको प्युठान प्रहरीले जनाएको छ ।

खड्का एक महिना अघि घरबाट हिँडेको बताईए पनि मृत्युको कारण भने खुल्न सकेको छैन । यस बिषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

0 comments: