जोहानसबर्ग– विश्व फुटबल महासंघ (फिफा) ले अफिसियल रिपोर्टको अध्ययनपछि मात्र उरुग्वेका स्ट्राइकर लुइस सुआरेजलाई कति खेलको प्रतिबन्ध लगाउने भन्ने विषयमा निर्णय लिनेछ।
खेलको अन्त्यतिर सुआरेजले गोललाइनबाट बल हातले फर्काएपछि शनिबार घाना विश्वकपको सेमिफाइनल पुग्न सकेन। त्यसपछि रातो कार्ड पाएका सुआरेज कम्तीमा एक खेलमा प्रतिबन्धमा पर्ने छन्। थप निर्णय फिफाको अनुशासन कमिटीले लिनेछ।
फिफा प्रवक्ता पिका ओर्डियोजोलाका अनुसार अनुशासन कमिटीले तत्काल त्यो घटनाको छानबिन गर्ने कार्यक्रम राखेको छैन। खेल १–१ अवस्थामा थियो भने खेल सकिन केही समय बाँकी थियो, त्यस्तो अवस्थामा डोमिनिच एडियाले हेड गरेको बललाई सुआरेजले हातले रोकेका थिए। त्यसमा पाएको पेनाल्टीमा असामोह जियानले गोल गर्न सकेनन्। पछि पेनाल्टी सुटआउटमा उरुग्वे ४–२ ले विजयी भयो। सुआरेजले नेदरल्यान्ड्विरुद्ध मंगलबार हुने सेमिफाइनल खेल्न पाउने छैनन्। (nagariknews)
Sunday, July 4, 2010
हातले गोल रोक्ने सुआरेजलाई प्रतिबन्धको निर्णय पछिमात्रै
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment