फुटबल खेलाडी यति असल हुन्छन् कि उनीहरूले आफ्नो जर्सी प्रतिद्वन्द्वीलाई दिने गर्छन्। हो, साँच्चै विश्वकपका कुनै पनि खेलको अन्त्यमा हेरे खेलाडीले खेल्दा लगाएको आफ्नो पसिनाले पूरै भिजेको गन्धसहितको जर्सी साटासाट गरिरहेको देख्न पाइन्छ। अनि खेलाडीको यही कामले नै यसलाई बाँकी खेलबाट अलग राखेको छ।
‘यो सम्मानजनकको कुरा हो,' पूर्व अमेरिकी रक्षापंक्तिका खेलाडी मार्सेलो बालबोआले भने, ‘इमानदारीपूर्वक भन्ने हो भने यो निकै राम्रो पनि हो।'
वेसबल सात इनिङसम्म लम्बिन्छ, बास्केटबलमा खेलअघि हात मिलाइन्छ र अमेरिकी फुटबलमा खेलाडी टसका लागि मैदानको मध्यसम्म जाने गर्छन्। तर कसैले पनि फुटबलको यस शैलीलाई भेटाउन सक्दैन।
विश्वकप र अन्य फुटबल प्रतियोगितामा पनि स्कुले विद्यार्थीले खेलाडीलाई हातमा समाएर मैदानसम्म ल्याउँछन्। कप्तानले खेलको मिति र खेलाडीको नाम भएको सुन्दर, रंगिचंगी झन्डा साटासाट गर्छन् र त्यहाँ जर्सी साटासाट पनि हुन्छ।
‘फुटबल मञ्चमा देखाइने प्रदर्शनीको खेल हो,' इएसपिएनका कमेन्टेटर भएका अमेरिकी डिफेन्डर एलेक्सी लालासले भने।
फिफाका अनुसार जर्सी साटासाटको सुरुवात सन् १९३१ मा फ्रान्सले इङ्ल्यान्डमाथि पहिलो पटक जित पाएपछि भएको थियो। ५–२ को जितले निकै हौसिएका फ्रेन्च खेलाडीले बेलायती खेलाडीसँग सम्झनाका लागि उनीहरूको जर्सी मागेका थिए। अर्को केही दसकपछि जर्सी साटासाटको प्रक्रिया जहाँतहीँ सुरु भयो।
सन् १९७० को विश्वकपमा बबी मुरे र पेलेले जर्सी साट्दा सबैका लागि त्यो कही नभएको अनौठो घटना थियो। त्यही अहिले फुटबलमा खेलभावनासँग जोडिएको छ।
पेले र मुरे दुवै खेलका महानायक मानिन्छन्। ब्राजिलले इङ्ल्यान्डमाथि १–० को जित पाएको समूह चरणको खेलको महŒवपूर्ण पक्ष नै विश्वका उत्कृष्ट स्ट्राइकर र दरिलो डिफेन्डरबीचको भिडन्त थियो। खेलपछि पेले मुरेतर्फ गए र उनलाई अँगालो मारे। त्यसपछि उनीहरूले जर्सी साटे, जुन त्यतिबेलासम्मकै आदरयुक्त दृश्य थियो।
त्यसपछि खेलाडीहरूले जर्सी साट्न एकअर्कालाई खोजिरहेका हुन्छन्।
‘सबैभन्दा रमाइलो र राम्रो पक्ष नै जर्सी साटासाट हो,' अमेरिकी कप्तान कालोर्स बोकानेग्राले भने, ‘मेरा लागि त्यो नै मलाई मन पर्ने कुरा हो।'
जर्सी साटासाटको ठीक विज्ञान छैन। किनभने यो खेल सकिनासाथ हुन्छ। खेलाडीले प्रायः आफू नजिकै जो छ उसैको जर्सी लिने गर्छन्। क्लबका साथी खेलाडीले पहिले नै यसको व्यवस्था मिलाएका हुन सक्छन्।
ठूलो नामका खेलाडी हुँदा भने सबै कुरा छाडिन्छ। खेलाडी प्रशंसक पनि हुन्, काका र लियोनेल मेसीको जर्सीका लागि उनीहरूले पनि सक्दो कोशिश गर्छन्।
‘हामीले खेल्न सुरु गर्दा निश्चित खेलाडीको जर्सी लिने भनेर सोच्ने गर्थ्यौं,' बालबोआले भने, ‘हामी राम्रो खेलाडी हुँदै गएपछि कस्को जर्सी लिने भनेर सोच्ने गथ्यौं। तर आफू पनि राम्रो खेलाडी हुँदै गएपछि मानिसहरूले चिन्न थाले अनि उनीहरूले जर्सीका लागि सोध्दा निकै रमाइलो लाग्छ।'
उत्तर कोरिया निकै छोटो समयका लागि विश्वकपमा रहेको हुनसक्छ। जोङ ताएले आफ्ना लागि केही राम्रा चिनो भेटाउन सफल भए। उत्तर कोरियाका उत्कृष्ट खेलाडीले ब्राजिलविरुद्धको हारपछि काका र रोबिन्होको जर्सी लिएका थिए।
जोङले डिडिएर ड्रोग्बाको जर्सीका लागि पनि प्रयास गरे। तर अफ्रिकामा भएको यस विश्वकपमा धेरै प्रशंसक भेटाएका आइभोरी कोस्टका स्ट्राइकर ड्रोग्बाले दर्शकमाझ जर्सी फालेका थिए।
खेलाडीले आफ्नो खेजजीवनमा जर्सी जम्मा गर्ने पनि गर्छन्। बोलबोआको दराज त सयभन्दा बढी जर्सीले भरिएको पनि छ। अझ पेले र कार्लोस भ्लादेरामा जस्ताको जर्सीलाई त फ्रेममा राखेका छन्।
‘मसँग यसको संग्रह छ,' बोकानेग्राले भने, ‘मैले खेल छाडेपछि केहीलाई झिकेर फ्रेममा राख्ने छु।'
सबै त्यसमै अल्झिरहने भने गर्दैनन्। पूर्व अमेरिकी डिफेन्डर एलेक्सी लालासले आफूले जम्मा गरेका जर्सी सबै बाँडेको बताए।
‘मसँग मेरो मन र मस्तिस्कमा धेरै सम्झना थिए,' लासाले भने। ‘अरु कसैले यसको प्रशंसा धेरै गर्न सक्छ जस्तो मलाई लाग्यो।'
‘खेलाडी मैदानमा जाँदा उनीहरूको हात समाएर त्यहाँसम्म पुर्याउने ती केटाहरूमध्ये कसैलाई त्यो मनपर्न सक्छ।'
‘यस विश्वकपमा खेलाडीसँगै हिँडाउन संसारभरीबाट १ हजार ४ सय केटाकेटीलाई छानिएको थियो। ६ देखि १० वर्षसम्मका ती बालबालिका संसारसामु हिड्नुभन्दा आफ्ना मनपर्ने खेलाडी नजिकै पुग्दा बढी रोमाञ्चित हुने गर्छन्।
‘म आत्तिएको थिइनँ। बरु विश्वकै उत्कृष्ट खेलाडीमध्ये एउटाको हात समाउन पाउँदा निकै रोमाञ्चित भएको थिएँ,' जुन २१ मा होन्डुरसविरुद्धको खेलमा स्पेनका फर्नान्डो टोरेसको जोडी हुन पुगेका रमिज मोहम्मदले टाइम्स अफ लन्डनसँग भने, ‘उनी उत्कृष्ट मात्र होइनन् मलाई मनपर्ने खेलाडी पनि हुन्।' - नेन्सी अरमोर/एपी
Sunday, July 4, 2010
फुटबल सकिएपछि खेलाडीले जर्सी साटासाट किन गर्छन्?
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment