२६ असार, काठमाण्डौ । उच्चमाध्यामिक शिक्षालाई सुलभ र व्यवस्थित नबनाएसम्म त्रिभुवन विश्वविद्यालयबाट प्रमाणपत्रतह हटाउन नहुनेमा १३ विद्यार्थी सङ्गठनले जोड दिएका छन् ।
विद्यार्थी सङ्गठनले शनिबार आयोजना गरेको पेसागत क्षेत्रका प्रतिनिधिबीचको छलफलमा अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष लेखनाथ न्यौपानेले प्रमाणपत्रतह हटाएमा आन्दोलन गर्ने चेतावनी दिनुभयो ।
अध्यक्ष न्यौपानेले उच्चमाध्यामिक विद्यालयलाई व्यवस्थित, वैज्ञानिक र सर्वसुलभ नबनाएसम्म विश्वविद्यालयबाट प्रमाणपत्रतह हटाउन हुँदैन भन्नुभयो ।
उहाँले त्यस्ता विद्यालयमा न्यूनतम पाँच विषय शिक्षक र चारजना कर्मचारीको स्थायी दरबन्दी हुनुपर्ने, प्रत्येक निर्वाचन क्षेत्रमा पूर्ण सरकारी अनुदान प्राप्त एउटा विज्ञान समूहसहितको उच्चमावि खोलिनुपर्ने, उच्चमाविमा व्यापारीकरण रोकिनुपर्ने र सबै उच्चमाविको स्तरोन्नती हुनुपर्नेमा जोड दिनुभयो ।
शैक्षिक गणतान्त्रिक मञ्चका वरिष्ठ उपाध्यक्ष दीनानाथ शर्माले वार्ताबाट समस्या समाधान नभए आन्दोलन गर्न आफूहरू बाध्य हुने बताउनुभयो ।
अभिभावक सङ्घ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले राज्यले आफ्नो दायित्वबाट हात झिक्न नमिल्ने जनाउँदै आन्दोलनप्रति समर्थन जनाउनुभयो । रासस
Saturday, July 10, 2010
प्रमाणपत्र तह नहटाउः विद्यार्थी सङ्गठन
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment