मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Wednesday, July 14, 2010

टेलिकमद्वारा मुलुकभरका गाविसमा दूरसञ्चार सेवा उपलब्ध

३० असार, काठमाण्डौ । नेपाल टेलिकमले देशका सम्पूर्ण गाविसमा दूरसञ्चार सेवा उपलव्ध गराएको छ ।

राजधानीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपाल टेलिकमका प्रवन्ध निर्देशक अमरनाथ सिंहले मङ्गलवारदेखि मुलुकका सम्पूर्ण गाविसमा टेलिफोन सेवा सुचारु भएको जानकारी दिनुभयो ।

निर्देशक सिंहका अनुसार हाल ७५ लाख टेलिफोन लाइन सञ्चालमा रहेको र आगामी तीन वर्षभित्र एक करोड ३० लाख लाइन पुर्‍याउनुका साथै पूर्व-पश्चिम, उत्तर-दक्षिण राजमार्गमा करिब तीन हजार किलोमिटर अप्टिकल फाइवर बिच्छ्याउने लक्ष्य रहेको छ ।

उहाँले आगामी आर्थिक वर्ष २०६७/६८ को लागि करिब रु.४८ अरब सात करोड बजेट स्वीकृत भएको थियो यस आर्थिक वर्षमा करिब रु.१५ अरब राजस्व सरकारलाई बुझाएको जानकारी गराउनुभयो ।

सो अवसरमा सरकारको गत कात्तिक महिनामा सेवा नपुगेका दुर्गम १९९ गाविसमा आर्थिक वर्षभित्र सेवा पुर्‍याउने निर्देशन अनुरुप अन्तिम गाविसको रुपमा बाजुरा जिल्लाको सापाटा गाविसमा केयू-व्याण्ड भिस्याट प्रविधिका उपकरण जडान गरी सफलताका साथ टेलिफोन सेवा सञ्चालन गरेकोे स्याटेलाइट सेवा निर्देशनालयका निर्देशक शिवभूषण लालले बताउनुभयो ।

हाल नेपाल टेलिकमले १५२ सि-व्याण्ड भिस्याट र ३१२ केयू-व्याण्ड गरी ४६४ भिस्याट टर्मिनल जडान भैसकेको र टेलिफोन सेवा बाहेकका केयू-व्याण्ड भिस्याटबाट इन्टरनेट सेवा उपलव्ध हुनुका साथै ५२ स्थानमा जियसएम बिटियस, २६ स्थानमा सिडिएमए बिटियस, पाँच स्थानमा एक्सचेन्ज तथा दुई स्थानमा द्रुतगतिको इन्टरनेट एडियसयल सेवा भिस्याटको माध्यमबाट उपलव्ध गराएको जनाएको छ ।

सो अवसरमा वितरित विज्ञप्तिमा यस आर्थिक वर्ष २०६६/०६७ मा गरेका उपलब्धिमा कम्पनीको कूल ग्राहक ५४ लाख ५४ हजार पुग्ने अनुमान छ । जसमध्ये जियसएम सेवातर्फ ३९ लाख ६५ हजार सिडिएमए सेवातर्फ नौ लाख पाँच हजार र पियसटियनतर्फ पाँच लाख ८४ हजार लाइन वितरण हुने अनुमान गरेको उल्लेख छ ।

टेलिकमले मुलुकभरमा ४९ जिल्लामा द्रुतगतिको इन्टरनेट सेवा वितरण भएकोमा २०६७ जेठ मसान्तसम्म करिब दुई लाख ५० हजार इन्टरनेट सेवाका ग्राहक रहेको विज्ञप्तिमा जनाइएको छ । रासस

0 comments: