प्रदीप मेन्याङ्बो
धरान, अषाढ २७ - नेपालको पहिलो महिला उपसभामुख लिला श्रेष्ठ सुव्वाको ६३ बर्षको उमेरमा आइतबार विहान सात बजे धरान-७ स्थित आफ्नै घरमा निधन भएको छ । ताप्लेजुङ्को सिगैचा-९ साम्मागु पाँचपले मा विसं २००४ सालमा अमर बहादुर मेन्याङ्बो र सुकमति आङ्देम्बेको छोरीको रुपमा जन्मेकी सुव्वा लामो समय देखि दमको रोगबाट पीडित थिइन ।
नेपाली कम्यूनिष्ट आन्दोलनमा विद्यार्थी कालदेखि नै अग्रणी भूमिका खेल्दै आएकी सुव्वाले २०५१ सालको आम चुनावमा सुनसरी क्षेत्र नं १ बाट विजयी भए पछि ०५५ सालसम्म पहिलो महिला उपसभामुख भएर आफ्नो कार्यक्षमता देखाएकी थिइन ।
०३६ साले देखि कम्यूनिष्ट राजनितिमा प्रबेश गरे पनि नेकपा माले हुदै नेकपा एमालेसम्म आइपुग्दा उनी केन्द्रीय सल्लाहकार, एमाले कोशी अंचल कमिटी सदस्य, अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य रहेकी थिइन ।
विभिन्न दुई दर्जन बढी सामाजिक संघ संस्थामा समेत सकृय सुव्वा विगत पाँच बर्ष देखि दम रोगबाट पिडित भए पनि आर्थिक अभावले प्रभाकारी उपचार गर्न सकेकी थिइनन ।
त्रिभुवन विश्वविद्यालयबाट राजनितिशास्त्रमा स्नातकोत्तर सुव्वाले 'फोकल्याण्ड' कथा संग्रह प्रकासित गरेकी छन् । उनले दर्जनौं प्रगतिवादी कथा, कविता र निवन्धहरु लेखेर महिलाहरुको पक्षमा वकालत गर्दै आएकी थिइन । चार दशक अगाडि नै धरानका ध्रुवकुमार श्रेष्ठ संग अन्तरजातीय विवाह गरे पनि उनीहरु निसन्तान रहेका छन् ।
नेकपा एमालेले सुव्वाको शवलाई पार्टीको झण्डा ओढाएर आइतबार अपरान्ह २ बजे सम्म भानुचोकमा श्रदाञ्जलीका लागि राख्ने भएको छ भने त्यसपछि खत्रीबम दाहसस्कार स्थलमा लैजाने भएको छ । (ekantipur)
Sunday, July 11, 2010
प्रथम महिला उपसभामुख लिला श्रेष्ठको निधन
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment