२९ असार, काठमाडौं ।अफगानिस्तानमा कार्यरत दुई बेलायती सैनिकसहित एक गोर्खा सैनिकको गोली हानी हत्या गरिएको छ ।
मृतकहरु अफगानिस्तानको सुरक्षार्थ ‘द रोयल गोर्खा राइफल्स’ बटालियनमा कार्यरत रहेको काठमाडौंस्थित बेलायती दूताबासले मंगलबार जारी गरिएको बिज्ञप्तीमा उल्लेख छ । अफगानी सुरक्षा बलका एक जवानले उनिहरुलाई गोली हानी हत्या गरिएको आशंका गरिएको छ । राष्ट्रपति कार्जाइले दुःखद घटनाप्रति खेद ब्यक्त गर्नु भएको छ ।
यस घटना लगत्तै बेलायती सेनाका प्रवक्ताले अफगान सरकारसँग मिली शान्ति र स्थायित्वको लागि थप सहयोग गर्ने प्रतिबद्वता जनाउनु भएको छ ।
ब्रिटिश सेनाले घटनाबारे नेपालस्थित परिवारलाई अझै जानकारी गराएको छैन । (onlinekhabar)
Tuesday, July 13, 2010
गोर्खा सैनिकको अफगानिस्तानमा गोली हानी हत्या
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment