२८ असार, विराटनगर । सुनसरी-मोरङ औद्योगिक करिडोर क्षेत्रका विभिन्न उद्योगहरु बन्द हुन थालेपछि सयौं मजदुरको रोजगारी गुमेको छ ।
करिडोरभित्र पाँच सयको हाराहारीमा उद्योगहरु छन् । तीमध्ये अहिलेसम्म तेल, चामल र धागो लगायतका उद्योग बन्द भइसकेका छन् ।
थोरै कामदार र खर्चमा धेरै उत्पादन गर्न सक्ने आधुनिक मेसिनका साथ उद्योगहरु खोलिएपछि उद्योगहरु बन्द हुन थालेको तेल उद्योगमा कार्यरत हरीकृष्ण मण्डलले बताउनु भयो । उद्योगमा अत्यावश्यकीय कच्चा पदार्थ अभावले पनि चलिरहेका उद्योगहरु प्रभावित भएको जनाईएको छ । (onlinekhabar)
Monday, July 12, 2010
उद्योग बन्द भएपछि कामदारको विचल्ली
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment