मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Wednesday, July 14, 2010

प्रधानमन्त्रीद्वारा जाँदाजाँदै भाइलाई नियुक्ति

बलराम बानियाँ
काठमाडौं, अषाढ ३१ - कामचलाउ सरकारका प्रधानमन्त्री माधवकुमार नेपालले आफू पदबाट बिदा लिएर सत्ता बहिर्गमन हुँदाहुँदै कान्छा भाइ सरोज उपाध्यायलाई अर्को ठाउँमा नियुक्ति दिएका छन् । आफूले उच्चस्तरीय अनुगमन तथा निरीक्षण समितिमा सदस्य नियुक्त गरेका उपाध्यायलाई आफू कामचलाउ भएकै बेला प्रधानमन्त्रीले नेपाल इन्जिनियरिङ काउन्सिलको उपाध्यक्षमा नियुक्ति गरेका हुन् ।

प्रधानमन्त्री नेपालले आफू पदमा बहाल हुनासाथ प्रधानमन्त्री कार्यालयमा नयाँ संरचनासहितको अनुगमन समिति गठन गरी भाइलाई सदस्य नियुक्त गरेका थिए । यसअघिका सरकारका पालामा त्यस्तो समिति गठन गरिँदैनथ्यो ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले प्रधानमन्त्रीको प्रस्तावमा उनको भाइलाई उपाध्यक्ष नियुक्तिको निर्णय गरेको हो । प्रधानमन्त्रीले उच्चस्तरीय अनुगमन तथा निरीक्षण समितिको पदावधि आफ्नो कार्यकालसँगै सकिने भएकाले आफू पदमा छँदै भाइलाई अर्को ठाउँमा नियुक्ति दिलाएका हुन् । कामचलाउ सरकारले दैनिक प्रशासन चलाउने र आकस्मिक निर्णय गर्नेबाहेक नियुक्ति, सरुवा, बढुवा तथा नयाँ नीतिगत निर्णय गर्नु लोकतान्त्रिक मूल्यमान्यता तथा प्रचलनविपरीत भएको सरकारी अधिकारीहरू नै बताउँछन् ।

उच्चस्तरीय अनुगमन तथा निरीक्षण समितिले आफ्नो अन्तिम प्रतिवेदन बुधबार प्रधानमन्त्रीलाई बुझाएर बिदा लिएकै दिन उपाध्यायले भने इन्जिनियरिङ काउन्सिलको उपाध्यक्ष पदमा बहाली गरेका छन् । उपाध्यक्ष आमोद अधिकारीको पदावधि सकिई रिक्त पदमा चार वर्षका लागि उपाध्यायलाई नियुक्त गरिएको हो । काउन्सिलको अध्यक्षमा इन्जिनियर शालिग्राम सिंहलाई नियुक्ति गरिएको छ ।

प्रधानमन्त्रीले आफू पदमा बहाली भएको एक महिनामै नियमावली संशोधन गरी आफ्ना दुई भाइमध्ये माहिला विनोदकुमार उपाध्यायलाई भने हङकङको महावाणिज्य दूत नियुक्त गरेका थिए । वाणिज्य मन्त्रालयको व्यापार प्रशासन हेर्ने अनुभवी सहसचिवमात्र महावाणिज्य दूत हुने नियमावली संशोधन गरी मेकानिकल इन्जिनियर विनोदलाई नियुक्त गरिएको हो । उनले मन्त्रिपरिषद्बाट नियमावली संशोधन गरी जुनसुकै समूहका सहसचिव महावाणिज्य दूत नियुक्त गर्ने व्यवस्था गरी भाइलाई पद दिलाएका हुन् । (ekantipur)

0 comments: