२९ असार, काभ्रे । काभ्रे मिनि बससेवा समितिको बा १ ख ७६९६ नम्बरको बस चलाउने चालक सूर्यनारायण नापितको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सिन्धुपाल्चोकको साँगचोक गाविस घर भएका इमानसिंह लामा र आफूलाई नेपाली सेना बताउने दिपक लामालाई इलाका प्रहरी कार्यालय बनेपाले पक्राउ गरेको हो ।
काठमाडौंबाट ट्याक्सी भाडामा लिएर पनौती आएका उनीहरुले फोनमार्फत आफूलाई बोलाएको भन्दै घरबाट निस्किएका नापितलाई धुलिखेल नगरपालिका ५ को बाँसघारी भन्ने ठाउँमा लगेर हत्या गरिएको अवस्थामा हिँजो विहान शव फेला परेको थियो ।
पक्राउ परेका दुवैलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । (onlinekhabar)
Tuesday, July 13, 2010
चालक हत्यामा संलग्न पक्राउ
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment