मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Saturday, July 10, 2010

माओवादीको सेना समायोजन कार्यतालिका

समायोजन हुने लडाकूको संख्या विशेष समितिले नै तोक्नु पर्ने माओवादीको जोड छ
प्रमुख प्रतिपक्षी एकीकृत माओवादीले आफ्ना सेनालाई तत्कालै सेना समायोजन विशेष समिति अन्तरगत ल्याउने र दुई महिना भित्र समायोजन हुने र नहुनेको संख्या छुट्याउने आधिकारीक प्रस्ताव अघि सारेको छ।

अन्य प्रमुख दलहरुले भने समायोजन गर्ने लडाकूको संख्या तोक्न माओवादीलाई तिब्र दबाब दिइरहेका थिए।

समायोजन गर्ने लडाकूको संख्या नतोकीकनै शनिबार एकीकृत माओवादीले आफ्नो सेना समायोजनको विस्तृत कार्यतालिका सार्वजनिक गर्‍यो।

कार्यतालिका
आफ्ना सेनाको रेखदेख, समायोजन र पुन:स्थापनाको प्रस्तावमा माओवादीले समायोजन हुने र पुन:स्थापनामा जानेको संख्या तोक्ने काम सेना समायोजना विशेष समितिले नै गर्नु पर्ने बताएको छ।

‘राजनीतिक गतिरोध अन्त्यका लागि सहमतिका आधारहरु’ नाम दिइएको माओवादी प्रस्ताव सार्वजनिक गर्दै एकजना माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले विशेष समिति नै शिविरहरुमा गएर संख्या यकिन गर्नु पर्ने बताए।

“को घर जान चाहान्छन्, को समायोजन हुन चाहान्छन् भन्ने कुरा विशेष समितिले नै छुट्याउने प्रस्ताव गरेका छौं।”

संख्या तोकेपछि एक महिना भित्र समायोजन र व्यवस्थापन गरिने लडाकूहरुलाई अलग्याउन सकिने माओवादी तर्क छ।

सो प्रस्तावमा सेना समायोजनको नेपाली मौलिक मापदण्ड बनाउनु पर्ने, माओवादी सेनाको छुट्टै फौज बनाउन उपयुक्त हुने, नयाँ संविधान घोषणा हुनु अगावै सेना समायोजन र शान्ति प्रक्रिया टुङ्ग्याउनु पर्ने उल्लेख छ।

माओवादीले सेना समायोजन प्रक्रियालाई अघि बढाउन नेपाल स्थित संयुक्त राष्ट्रसंघीय नियोग अन्मिनको अवधी फेरि थप गर्न राजनीतिक समझदारीमा जोड दिएको छ।

स्थगित को समायोजन हुन चाहान्छन् भन्ने कुरा विशेष समितिले नै छुट्याउने प्रस्ताव गरेका छौं”
नारायणकाजी श्रेष्ठ प्रकाश
साथै, माओवादीले आफ्नो विवादास्पद युवा संगठन वाइसीएलको सामूहिक बसाईको अन्त्य गर्ने, आफ्ना कार्यकर्ताले कब्जा गरेका घर जग्गा सशर्त फिर्ता गर्ने, शान्ति सम्झौतामा उल्लेख गरिएका विभिन्न आयोगहरु गठन गर्ने कुरा सो प्रस्तावमा उल्लेख छ।

माओवादीको सेना समायोजन कार्यतालिकाबारे आजै प्रमुख तीन दलका नेताहरुबीच छलफल हुने कार्यक्रम थियो।

तर नेकपा एमालेका नेताहरुको कार्यव्यस्तताका कारण तीन दलको वैठक स्थगित हुन पुग्यो। (BBC)

0 comments: