मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Wednesday, July 14, 2010

माओवादीले कांग्रेस र एमालेसँग सहमतिका लागि आधिकारिक खाका माग्यो

काठमाडौं, असार ३० (नागरिक)- एकीकृत माओवादीले कांग्रेस-एमालेलगायत दलसँग सहमतीय प्रस्तावका असहमतिबारे आधारिक धारणा मागेको छ। मंगलबार राजधानीमा पत्रकार सम्मेलनमार्फत माओवादीले कुन-कुन बुँदामा असहमति भन्ने आधारिक रूपमा प्रस्ट पार्न आग्रह गरेको छ।

दलहरुले शान्तिप्रक्रिया र संविधान निर्माणसम्बन्धी खाका मागेपछि माओवादीले गत शनिबार राजनीतिक सहमतिको खाका प्रस्तुत गरेको थियो।

उसले संवैधानिक रूपमा बहुमतीयमा गए पनि राजनीतिक रूपमा सहमति जुटाउन सकिने भन्दै त्यो उनीहरूले ल्याउने प्रस्तावमा हुन सक्ने आशा राखेको छ।

‘हामीले ल्याएको प्रस्तावमा सहमत हुन सकिन्न त भन्नुभयो तर कुनकुन बुँदामा असहमति हो, उहाँहरूको ठोस धारणा आएन,' उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने, ‘तपाईंका तर्फबाट सहमतिका आधार के के हुन सक्छन्, आधारिक धारणा ल्याउनुस् भनेर अनुरोध गरेका हौँ।'

शान्ति र संविधान निर्माणमा दलहरू प्रतिबद्ध भए स्पष्ट खाका ल्याउनुपर्ने माओवादी भनाइ छ। सकारात्मक प्रस्ताव आए सहमति जुट्न सक्ने श्रेष्ठले बताए।

पत्रकार सम्मेलनअघि अध्यक्ष पुष्पकमल दाहालसहितको कार्यदलले कांग्रेस संसदीय दल नेता रामचन्द्र पौडेल र एमाले अध्यक्ष झलनाथ खनाललाई भेट गरी आधिकारिक धारणा मागेको थियो।

उपाध्यक्ष श्रेष्ठले माओवादी हतारमा बहुमतीय सरकार बनाउने खेलमा नलाग्नेसमेत बताए। बहुमतीय खेलले मुलुकलाई मुठभेडतिर लाने तर्क गर्दै उनले भने, ‘३०१ को खेलमा चासो नै दिएका छैनौँ। संवैधानिक रूपले बहुमतीय भए पनि अझै हामी राजनीतिक रूपले सहमतीय बनाउन प्रयत्नरत छौँ।'

कांग्रेस-एमालेले सोमबार मात्रै माओवादीले मागेको खाका यसअघि नै प्रस्तुत गरेको र त्यसमा छलफल भई धेरैजसो विषयमा चैत १८ को र्‍याडिसन होटलमा सहमति बनेको दाबी गरेका थिए। दुई दलले माओवादी खाकामा उक्त सहमतिलाई नराखेकोमा आपत्ति गरेका थिए।

0 comments: