मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Thursday, July 15, 2010

वीरगन्जमा बम विस्फोट, चार महिला घाइते/ कारखानामा गोली चल्यो

रासस
पर्सा, अषाढ ३१ - वीरगन्जको बाइपासमा बिहीबार बिहान बम विस्फोट हुँदा शौच गर्न गएकी चार महिला घाइते भएका छन् ।

वीरगन्ज उपमहानगरपालिका वडा नम्बर १७ मा रहेको हरियाली रेस्टुरेन्टअगाडि सडकछेउमा अज्ञात समूहले लुकाइराखेको बम बिहान विस्फोट भएको हो ।

विस्फोटमा परी घाइते हुनेमा वीरगन्ज-१७ की तसलिमा खातुन, सलिमा खातुन, जरिना खातुन र मुनुयर खातुन रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइतेहरुको नारायणी उपक्षेत्रीय अस्पताल, बीरगन्जमा उपचार भइरहेको छ । चारै महिला सामान्य घाइते भएको प्रहरीले बताएको छ ।

घटनाका बारेमा प्रहरीले अनुसन्धान प्रक्रियाअगाडि बढाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सञ्जीव शर्माले जानकारी दिए ।

कारखानामा गोली चल्यो

नवलपरासीको स्वाठी गाउँ विकास समितीमा रहेको बुटवल सिमेन्ट मिलमा बुधबार राति गोली चलेको छ ।

तीन-चारजनाको सङ्ख्यामा आएका अज्ञात हतियारधारी समूहले तीन राउन्ड गोली चलाएको नवलपरासी प्रहरीले जनाएको छ ।

अज्ञात समूहले चलाएको गोली बाट कुनै मानवीय क्षति नभए पनि मिलको गार्डको बस्ने कोठामा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।

ग्ाोली कुन समूहले के कारण चलाएको हो भन्नेबारे केही थाहा नभएको र गोली चलाउने समूहको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

0 comments: