मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Monday, July 12, 2010

अमेरिकीद्वारा भिसा शुल्कमा फेरबदल

नयाँ भिसा शुल्कको विस्तृत विवरण सहित
काठमाडौं, असार २८ (नागरिक)- काठमाडौंस्थित अमेरिकी दूताबासले भिसा शुल्कमा फेरबदल गरेको छ। एक महिनाअघि गैरआप्रवासी भिसा शुल्क वृद्धि गरेको अमेरिकाले भोलि मंगलबारदेखि आप्रवासी भिसा शुल्क समेत बढाउँदैछ।
'संशोधित शुल्क विश्वभरि समान राखिएका छन्', दूतावासद्वारा जारी प्रेस नोटमा भनिएको छ- 'विदेशमा रहेका ३०१ कन्सुलर कार्यालय,२३ आन्तरिक पासपोर्ट एजेन्सी तथा कन्सुलर सेवा प्रदान गर्ने अन्य केन्द्रहरुको काम कारवाहीमा लाग्ने वास्तविक खर्च बेहोर्न नयाँ शुल्क तोकिएका हुन्।'

गत जेठ १७ देखि अनलाइनबाट मात्र भिसा आवेदन लिन थालेको दूताबासले अन्तरवार्ता दस्तुर नबिल बैंकमा बुझाउन भनेको छ।

यस्तो छ नयाँ भिसा शुल्क
१. पारिवारिक आप्रवासी भिसा शुल्क $३३०.००
२. नोकरीमा आधारित आप्रवासी भिसा शुल्क $ ७२०.००
३. अन्य आप्रवासी भिसा (विशेष आप्रवासी भिसा, डाभर्सिटी भिसा आदि) $३०५.००
आप्रवासी भिसा सुरक्षा अतिरिक्त शुल्क $७४.००
डाइभर्सिटी भिसा चिठ्ठाको थप कार्यवाही शुल्क $ ४४०.००

0 comments: