मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Friday, July 9, 2010

क्रेजी म्याराडोना

अर्जेन्टिनी प्रशिक्षकको बागडोर सम्हालेदेखि क्वाटरफाइनलमा जर्मनीसँग हार बेहोर्दासम्म डिएगो म्याराडोना सधैँ चर्चामा रहे, आफ्नो परम्परागत ँक्रेजी स्टाइल’ का लागि । चालू विश्वकपमा खेलाडीभन्दा बढी चर्चा कमाउनसमेत उनी सफल रहे । विश्वकपकै सन्दर्भमा म्याराडोनाका १० हरकतहरू यहाँ उल्लेख छ ।

१०) म्याराडोना र सम्झना शक्ति

इन्टरमिलानमा उत्कृष्ट प्रदर्शन गरिरहेका अर्जेन्टिनाका लागि सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने जेभियर जेनेटी क्लब सिजनमा घर आए पनि दुःखी भएर फर्किए । चर्चाअनुसार अपरिचित क्लब कोलोनका खेलाडी एरियल ग्रासलाई उनले जेनेटीको स्थानमा खेलाउने निर्णय गरेका थिए किनभने उनलाई विश्वकप जित्नु थियो तथा उनको सम्झनामा रहेका पुराना खेलाडी ग्रास मात्रै थिए ।

९) निर्णयमा पुनर्विचार

म्याराडोना आफ्नो निर्णयमा पुनर्विचार पनि गर्छन्, तर त्यसको पत्तो अरूले नपाऊन् भन्ने पनि चाहन्छन् । म्याराडोनाले आफ्नो ३० सदस्यीय टोलीको घोषणा गर्दा विवादास्पद रूपमा जेनेटी र इस्टेबान काम्बियासोलाई बाहिर पारेका थिए भने २३ सदस्यीय टोलीबाट डिएगो मिलिटोलाई समेत हटाएको समाचार आयो ।

तर, जब सञ्चारमाध्यमले १९८६ को विश्वविजेता कप्तानले मिलिटोलाई हटाइएकोबारेमा प्रश्न राखे, त्यस वेला उनले मिलिटोप्रति विश्वास राख्ने आफू मात्रै एक रहेको दाबी गरे । ँ२३ सदस्यीय टोलीमा मिलिटोलाई राख्ने मेरो अधिकार हो, म विश्वकपमा उनलाई खेलाउँछु,’ उनले भने । त्यसको प्रमुख कारण थियो अन्तर्राष्ट्रिय फुटबलमा त्यति चम्कन नसकेका मिलिटोले कोपा इटालियाको फाइनलमा सेनाविरुद्ध एक मात्र निणर्ायक गोल गर्नु ।

८) असभ्य

विश्वकपका लागि २३ सदस्यीय टोलीको नामावली तयार पार्दा म्याराडोना निकै दबाबमा थिए । त्यही टोलीको घोषणा गर्ने क्रममा उनले एक क्यामरामेनको खुट्टासमेत भाँचे ।

सानो कार चढेर पत्रकार सम्मेलनमा जाने क्रममा क्यामरामेनहरूले उनलाई घेरेका थिए, तर उनले त्यहाँ ती क्यामरामेनको खुट्टा कुल्चिएर कार अघि बढाउँदा उनको खुट्टै भाँचियो । त्यति हुँदासमेत उनी पीडितलाई गाली गर्दै अगाडि बढे । प्रत्यक्षदर्शीका अनुसार म्याराडोनाले ती क्यामेरामेनलाई अपशब्द प्रयोग गर्दै गाली गरेका थिए ।

७) सेक्सको अनुमति

म्याराडोना आफ्ना खेलाडीहरूका लागि त्यस्ता गुरु हुन् जसले हाई स्कुलमा आफ्ना शिष्यहरूलाई कक्षामा नै खाने, पिउने, मोइबलमा कुरा गर्ने अनि स्कुलको ड्रेस नलगाउने अनुमति दिन्छन् । म्याराडोनाले भने आफ्ना खेलाडीहरूलाई विश्वकपका क्रममा ँसेक्स’ गर्ने अनुमति दिएका थिए । उनले एक पत्रिकामा भनेका थिए, ँहो वास्तविकता हो किनभने अन्ततः सबै कार्य महिलाले गर्न सक्छन् ।’

अर्जेन्टिनी टोलीका चिकित्सक डोनाटो भिलानी भन्छन्, ँसेक्स सामाजिक जीवनको सामान्य विषय हो तथा त्यसमा केही खराबी छैन । तर, त्यसको कारण खेलाडीको खुट्टा बिग्रन हुँदैन । बिहान दुईचोटि गर्ने हो भने त्यसपछि एक बोतल स्याम्पेन खानुपर्छ ।’

६) नांगै दौडने घोषणा

दक्षिण अपि|mकाबाट घर र्फकंदा अर्जेन्टिनाले विजेताझैँ स्वागत पायो । म्याराडोनले भने अर्जेन्टिनाले विश्वकप उचालेको खण्डमा राजधानी ब्युनोज आयर्समा नांगै दौड्ने वाचा गरेका थिए । ँहामीले विश्वकप जित्यौँ भने म राजधानी केन्द्रमा नांगै दौडनेछु,’ म्याराडोनाको वाचा थियो, ँधन्य पूरा हुन पाएन ।

५) प्लाटिनीको आलोचना

विश्वकपको सुरुवाती दिनमा म्याराडोनाले युरोपेली फुटबल महासंघका अध्यक्ष मिचेल प्लाटिनीको आलोचनासमेत गरे । एक पत्रकार सम्मेलनमा एडिडासले बनाएको जुबुलानी बललाई विश्वकपमा प्रयोग गराउन प्लाटिनीले भूमिका खेलेको आरोप उनको थियो । ँम प्लाटिनीको विचारमा अचम्मित भइनँ तथा यस्तै कारणले गर्दा मैले उनीसँग नजिकको सम्बन्ध राखिनँ पनि,’ म्याराडोनाले भनेका थिए, ँहेलो, गुडबाइ मात्रै । हामी सबैलाई प|mेन्चको बानी थाहा छ, प्लाटिनी पनि प|mेन्च हुन्, राम्रो गर्नुभन्दा विश्राममा विश्वास गर्ने ।’

४) हरुवालाई सजाय

प्रेटोरियामा तालिम सत्रमा अर्जेन्टिनी टोलीलाई दुई भागमा विभाजन गराएर म्याराडोनाले म्याच खेलाउँथे । अनि जुन टोली हाथ्र्यो त्यसका खेलाडीलाई भुइँमा सुताएर विजेताबाट बलले हिर्काउन लगाउँथे । त्यसपछि आफूसँगै कुन एग्युरो तथा वाल्टर सामुयल्सबाट ती खेलाडीलाई झापड हान्थे । उनी टोलीका तयारीमा पागलपनको हदसम्म उत्रिन्थे ।

३) महिला नै रोजाइमा

समूह चरणको दोस्रो खेलमा दक्षिण कोरियालाई ४-१ ले हराएपछि आयोजित पत्रकार सम्मेलनमा उनलाई प्रश्न सोधियो, ँजित खुसियाली मनाउन तपाईं सधैँ किन खेलाडीलाई चुम्बन गर्नुहुन्छ ?’ तर उनको उत्तर आफ्नै शैलीको थियो, ँम अहिले पनि चुम्बनका लागि महिला नै रोज्छु ।’ ँम अहिले ३१ वर्षकी भेरोनिकासँग डेटिङमा छु । म समलिंगी होइन । तर, आफ्ना खेलाडीले राम्रो खेल्दा उनीहरूलाई पनि चुम्न मन लाग्छ । त्यो पुरस्कार हो ।’

२) पेलेलाई संग्रहालयमा राख्नुपर्छ

चालू विश्वकपमा म्याराडोना र पेलेबीचको वाकयुद्धले पनि निकै चर्चा कमायो । पेलेले म्याराडोनामाथि उनले पैसाका लागि मात्रै प्रशिक्षक बनेको आरोप लगाए, त्यसको जवाफमा म्याराडोनाले भनेका थिए, ँपेलेको रोग नै यस्तो कि उनलाई अब संग्रहालयमा राख्नुपर्छ ।’ त्यसअघि पनि म्याराडोनाले पेलेलाई दक्षिण अमेरिकाको मात्रै नभएर आफ्नै मुलुकको समेत समर्थन गर्न नसक्नेको संज्ञा दिएका थिए ।

१) अरू कोही छैन माहिर

चालू विश्वकप लामो प्रहार र पि|mकिकका मामिलामा फिक्का देखियो । अधिकांश खेलाडी जुबुलानी बलमा खेल्न अभ्यस्त देखिएनन् । तर, एक त्यस्तो व्यक्ति पनि निस्किए जसलाई जुबुलानी बलमा खेल्दा कुनै अप्ठेरो महसुस भएन, ती थिए उही म्याराडोना । अभ्यासका क्रममा पि|mकिक हान्दा जुबुलानी बललाई उनले एकपछि अर्को गर्दै पोस्टमा छिराएको देख्दा सबैले जिब्रो टोकेका थिए ।

सालिक बनाउन माग

ब्युनोज आयर्स/ चालू विश्वकपमा अर्जेन्टिनी प्रशिक्षक डिएगो म्याराडोनाको जादू क्वाटरफाइनलभन्दा अगाडि बढेन, तैपनि उनी अर्जेन्टिनामा सर्वाधिक रुचाइने व्यक्तिमा कायम छन् । यसको पछिल्लो उदाहरण अर्जेन्टिनाका सबैभन्दा रुचाइएका छोरा म्याराडोनाको सम्मानमा राजधानी ब्युनोज आयर्समा उनको सालिक बनाउनुपर्ने माग सांसदहरूले नै उठाएका छन् ।

आगामी वर्ष ५० वसन्त पार गर्ने म्याराडोनाको टोली विश्वकपको क्वाटरफाइनलमा जर्मनीसँग ४-० ले हारे पनि मुलुकभित्र उनको सम्मानमा कमी आएको छैन । अर्जेन्टिनाको तल्लो संसद्का सदस्य जुआँ काबान्डी तथा अध्यक्ष क्रिस्टिना कर्चनरले संसद्मा भने, 'अर्जेन्टिनाका नागरिकले नै प्रस्ट्याइसकेका छन्, जहाँ म्याराडोनाका विषय आउँछ, त्यहाँ नतिजाले कुनै महत्त्व राख्दैन ।'

'अर्जेन्टिनाको प्रसिद्ध सभ्यतामा म्याराडोना आदर्श बनिसके, उनी सामाजिक आदर्श हुन् तथा उनको ख्याति खेल क्षेत्रभन्दा बाहिर पनि छ ।'

काबान्डीका अनुसार म्याराडोनाको सालिकले उनको सशक्त छवि तथा मुलुकप्रतिको समर्पणलाई दर्शाउनेछ किनभने, 'उनीहरू अहिले पनि आफ्नो जीवनमा नयाँ कथाहरू कोर्दै छन् तथा त्यो कहिल्यै समाप्त होलाजस्तो छैन ।'

यद्यपि म्याराडोनाले व्यावसायिक फुटबल सुरु गरेको बोका जुनियर्सको बोम्बोनेरा रंगशालामा उनको तीन मिटर अग्लो प्रतिमा राखिएको छ । त्यो स्थान राजधानीभन्दा झन्डै तीन सय किलोमिटर टाढा छ ।

छनोट चरणमा कमजोर प्रदर्शन गरेको अर्जेन्टिनालाई क्वाटरफाइनलसम्म डोराएकै कारण दक्षिण अपि|mकाबाट घर र्फकंदा उनले भव्य स्वागत पाएका थिए । यद्यपि, घर फर्किए पनि उनी सार्वजनिक रूपमा बोल्न हिच्किचाइरहेका छन् । (nayapatrika)

0 comments: