२७ असार, कास्की । अविरल वर्षासँगै विभिन्न जिल्लामा गएको पहिरोमा पुरिएर पाँच जनाको मृत्यु भएको छ भने पाँच जना वेपत्ता भएका छन् ।
कास्कीको कृस्टीनाच्ने चौर गाविस-९ मा पहिरोमा घर पुरिँदा एकै परिवारका पाँच जना वेपत्ता भएका छन् । आइतबार विहान पहिरोले घर बगाउँदा पूर्णबहादुर सार्की, उहाँकी श्रीमती र तीन छोरी वेपत्ता भएका हुन् ।
यसैगरी कास्कीको भिजुरेडाँडा गाविस-८ मा बिहान माइला दमाईको घर पहिरोले बगाउँदा उहाँका दुई छोरा र एक छोरीको मृत्यु भएको छ । घरमा सुतिरहेको बेला पहिरोले पुरिँदा १२ वर्षीय छोरा राजेन्द्र, सात वर्षीय शोभाकर र चार वर्षीया छोरी सुकमायाको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।
विहान चार बजे खसेको पहिरोमा पुरिएर उनीहरुको मृत्यु भएको हो । माइला दमाई, उहाँकी श्रीमती र अन्य दुई छोरा भने सुरक्षित स्थानतर्फ भाग्न सफल भएका थिए ।
आमा-छोराको मृत्यु
यस्तै स्याङ्जाको फेदीखोला गाविस जोगिस्थानमा पहिरोले पुरिएर एकै परिवारका दुई जनाको मृत्यु भएको छ । फेदीखोला गाविस २७ वर्षीया गंगा महत र उहाँका चार वर्षीय छोरा कुशलको पहिरोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरमा सुतिरहेका आमा-छोरालाई आज विहान एक बजे पहिरोले पुरेको थियो । घरका अन्य ६ सदस्य भने सकुशल रहेको प्रहरीले जनाएको छ ।
नारायणगढ-मुग्लिङ सडक अबरुद्ध
अविरल वर्षासँगै पहिरो खसेपछि पृथ्वी राजमार्गअन्तर्गत नारायणगढ-मुग्लिङ सडकखण्ड अबरुद्ध भएको छ । कालीखोलामा गएको पहिरोले राजमार्ग अवरुद्ध भएको हो । राजमार्गअबरुद्ध भएपछि सयौं सवारीसाधन बिचबाटोमै रोकिँदा त्यसमा सवार यात्रु अलपत्र परेका छन् ।
यसैगरी पुम्दीभुम्दीमा गएको पहिरोले सिद्धार्थ राजमार्ग अबरुद्ध भएको छ । (onlinekhabar)
Sunday, July 11, 2010
पहिरोमा पुरिएर पाँच जनाको मृत्यु, पाँच वेपत्ता
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment