मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Wednesday, July 14, 2010

प्रचण्डको विकल्प दिने तयारीमा माओवादी

विकल्पका बारे छलफल गर्न केन्द्रीय तहको महत्वपूर्ण बैठक तत्कालै बस्ने बताइएको छ l
संविधानसभाको सबैभन्दा ठूलो दल एकिकृत नेकपा माओवादीका एकजना नेताले भावि प्रधानमन्त्रीमा अध्यक्ष प्रचण्डको विकल्प घोषणा गर्न तत्काल पार्टीको महत्वपूर्ण बैठक हुन लागेको बताएका छन्।


कम्युनिष्ट पार्टीमा सर्वशक्तिमान मानिने कार्यकारी अध्यक्ष रहेका प्रचण्डको सट्टा अर्का नेतालाई उभ्याउने खेल शुरु भएपछि त्यसले सानोतिनो भूईचालो नै उत्पन्न गरिदएको बताइन्छ।

पोलिटब्युरो सदस्य राम कार्कीले घुमाउरो शैलीमा प्रचण्डको विकल्प खोज्न लागिएको खुलाए।

विकल्प

उनले भने, “वर्तमान गठबन्धनको नेताको तर्फबाट निवर्तमान प्रधानमन्त्री माधवकुमार नेपालले प्रचण्ड बाहेक अर्को नाम दिए सहमति हुने बताउनु भएको थियो। हामी उहाँहरुलाई नैतिक संकट पार्ने खालेको निर्णय गर्छौँ।”

उनका अनुसार त्यसबारे निर्णय गर्न केन्द्रिय तहको एउटा महत्वपूर्ण बैठक तत्कालै बस्ने छ।

तराई केन्द्रित पार्टीहरुका कतिपय नेताहरुले सहमतिको सरकारको नेतृत्वको निम्ति डा.बाबुराम भट्टराईलाई अगाडी सार्न माओवादीलाई सार्वजनिक आग्रह गर्दै आएका छन्।

तर भट्टराई निकट मानिने कार्कीले प्रचण्डको विकल्पमा भट्टराईसँगै रामबहादुर थापा बादलको नाम पनि लिए।

आफूलाई नेतृत्व दिन कांग्रेस र एमाले तयार नभए माओवादीले सरकारको नेतृत्व मधेसी पार्टीहरुलाई दिने सम्मको नीति लिन सक्ने अडकलवाजी पनि शुरु भएको छ।

त्यसबारे तत्काल टिप्पणी गर्न अपरिपक्व हुने बताउँदै माओवादी नेता कार्कीले कांग्रेस र एमालेको चाल हेररे आफूहरुले पनि गोटी चाल्ने बताए।

तर सरकारको नेतृत्वको दावी गरेका ती दुबै दल पनि आन्तरिक छलफलमै छन्। (BBC)

0 comments: