पोर्चुगलमा पहिलोपल्ट व्यापार व्यवसाय शुरु गर्ने नेपाली बालाराम विक हुन् भन्ने सुन्दा धेरैलाई अचम्म लाग्ला । जसको लाठी उसको भैँसी उखान चल्ने नेपाली समाजमा सत्य कुरा बाँगिन थालेको छ । विभिन्न अनलाइन पत्रपत्रिकामा अरु नै कसैको नाउँ आएको पढेपछि उनलाई खिन्न लाग्यो । पोर्तो नेपाल सम्वादातासँग बालाले भने मलाई व्यक्तिगत रुपमा कसैप्रति रिसराग छैन । तर सत्य खोज्ने हो भने म नै हुँ पहिलो नेपाली जसले पोर्चुगलमा रेष्टुरेन्ट खोलेर व्यवसाय शुरु गर्ने ।
स्याँजा टक्सार खलँगाका ३७ वर्षीय बाला विकले लिस्बोन साल्दानियाको पुरानो बसपार्क नजिकै इण्डियन हाउस नाम राखेर रेष्टुरेन्ट चलाएका थिए । रुवा अभेनिदा दुग्दा भिला नम्बर एक हो हुलिया त्यो ठाउँको । मुखाग्रै उनले ठेगाना सुनाए । रसियन दूतावास र युनिभसर्िटीका मानिसहरु खानपिन गर्न आउँथे ।
सन् ९९मा रेष्टुरेन्ट खोल्दा भान्से उनका दाजू चित्र विक र श्याम रजक थिए । बँगाली भारतीय नेपाली धेरैले काम गरे । साढे चार वर्षसम्म चलाएपछि उनले त्यो व्यवसाय छोडेका थिए ।
अहिले फेरि लिस्बोनको एक्सपो नजिकै लिटिल नेपाल नाउँको नेपाली रेष्टुरेन्ट खोलेका छन् । छयहत्तर सीटको रेष्टुरेन्ट राम्रै चलेको उनले बताए ।
नेपालको चिनारी पनि गराउन पाइने व्यवसायिक काम पनि हुने । अनुभवी भएकाले व्यवस्थापनमा समस्या नभएको पनि उनले बताए । आम्दानीको बारेमा उनले भने व्यवसायमा नाफा घाटा त भैहाल्छ । सहनुपर्छ सबै ।
'मैले इण्डियन हाउस शुरु गरेपछि टँक सापकोटाले पिजा हाउस किन्नुभएको हो। त्यसपछि मकर हमालजीले रेष्टुरेन्ट शुरु गर्नुभएको हो' बालाले भने ।
अहिले पच्चीसको हाराहारीमा नेपाली व्यवसायीका विभिन्न व्यवसायिक पसल रेष्टुरेन्टहरु चलेका छन् । अर्काको काम गर्ने प्रवृत्ति त्यागेर थोरै नै भएपनि आफ्नै केही गरौँ भन्ने भावना विकास गर्नुपर्छ' हँसिला बालाले छुटिने बेलामा भने । (portonepal)
Monday, July 12, 2010
पोर्चुगलमा पहिला नेपाली उद्यमी
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment