मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Wednesday, July 14, 2010

कार्यकर्ताले गरे एमाले कार्यालयमा तालाबन्दी

तनहुँ, असार ३० (नागरिक)- एमाले भातृ संगठनले लमजुङस्थित नेकपा एमाले कार्यालय तालाबन्दी गरेका छन्। युथफोर्स लमजुङका सदस्य बासु बराललाई छुटाउन पार्टीले पहल नगरेको भन्दै प्रजातान्त्रिक राष्ट्रिय यूवा संघ र युथफोर्सले बुधबार दिउँसो कार्यालयमा तालाबन्दी गरेका हुन्।

तालाबन्दी पश्चात युवासंघका सदस्यहरुले पार्टी कार्यालयमा धर्ना समेत दिइरहेका छन्। दुई महिनाअघि माओवादी निकट अखिल नेपाल शिक्षक संगठनका उपाध्यक्ष हरि दनाईलाई कुटपिट गरेको अभियोगमा बराललाई डेढ महिना अघि कारागार चलान गरिएको थियो।

पार्टीले कार्यकर्ताको संरक्षण र बराललाई छुटाउन पहल नगरेको भन्दै यसअघि पनि युवा संघ र यूथफोर्सले असार १४ गते पार्टी कार्यालयमा तालाबन्दी गरेको थियो।
जीवित मान्छेको ज्यान मारेको अभियोगमा कारागार चलान गर्दा समेत पार्टीले बेवास्ता गरेका कारण कार्यालयमा पुनः तालाबन्दी गरेको युवा संघ नेपालका लमजुङ उपाध्यक्ष एवं युथफोर्सका सह-संयोजक गोविन्द बस्नेतले बताए। 'पहेलो कार्ड दिदाँ समेत पार्टीले मागको सुनवाई नगरेका कारण हामीले रेडकार्ड दिएका हौ'- उनले भने।

फागु पुर्णिमाको दिन पिकनिक खान जानेक्रममा भोटेओडारमा माओवादी कार्यकर्ताले आक्रमण गरेपछि सोही दिन फर्किदाँ सेरामा सामान्य झडप भएकोमा बराललाई ज्यान मारेको अभियोग लगाइएको उनले बताए। उनले भने, 'वाईसिएलको धम्कीपछि न्यायधीसले जेल चलान गरे।'

एमाले लमजुङका अध्यक्ष जमिन्द्रमान घलेले बरालको रिहाईका लागि जिल्ला र केन्द्रिय तहबाट पहल गरिरहेको बताए। उनले नागरिकन्युजसँग भने, 'कानुनी बैधानिक तरिकाबाट रिहाईका लागि पहल भईरहेको छ।'

0 comments: