मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Wednesday, July 14, 2010

अन्तरजातीय जोडी सुरक्षा खोज्दै बाग्लुङमा

रामकृष्ण बोहरा, नयाँ पत्रिका, बाग्लुङ, २९ असार, समाजका गैरदलितबाट असुरक्षित भएको भन्दै पर्वतका एक अन्तरजातीय जोडी सुरक्षा खोज्दै बाग्लुङका अधिकारकर्मीको शरणमा आइपुगेको छ । दुई वर्षको प्रेम सम्बन्धपछि विवाह-बन्धनमा बाँधिएका पकुवा-४ का लालबहादुर सुनार र दुलुङ-४ की पुण्यवती शर्माले न्याय खोज्न बाग्लुङ आएको बताएका छन् ।

बिहेपछि पुण्यवतीका दाजु शेषकान्तले लालबहादुरलाई फोनमार्फत पटक-पटक मार्ने धम्की दिएका थिए । धम्कीपछि भागेर स्याङ्जा पुगेका छोरा लालबहादुलाई झिकाइ बाबु कृष्ण सुनारले २७ असारमा जिल्ला प्रहरी कार्यालय पर्वतमा बुझाएका थिए । पर्वत प्रहरी कार्यालयमा केटाकेटीलाई आफन्तले जिम्मा लिने सहमतिसमेत भएको थियो । तर, दाजु शेषकान्तले आफूलाई अझै पनि श्रीमान्सँग छुटाउने प्रयास गरिरहेको बताएकी छिन् ।

कसैको दबाबमा नभई दुईवर्षे प्रेमलाई सार्थक बनाउन शेषकान्तसँग बिहे गरेको पुण्यवतीले बताइन् । 'मैले लालबहादुरलाई श्रीमान् मानिसकेकी छु, मर्छु बरु छाड्दिनँ,' उनले भनिन्, 'मान्छे-मान्छेबीच कुनै उँच-नीच छैन, हाम्रो सहमतिमै भएको बिहेलाई समाजले किन मान्यता दिँदैन ?'

अन्तरजातीय बिहे गर्नेलाई सरकारले प्रोत्साहन गरिरहेको अवस्थामा दलितसँग विवाह गरेकै कारण बहिनीलाई छुटाई अन्यत्रै विवाह गरिदिने दाजु शेषकान्तको प्रयासले कानुनको खिल्ली उडाएको उत्पीडित दलित समुदाय सञ्जालका अध्यक्ष धनबहादुर परियारले बताए । उनले भने, 'जातीय उत्पीडनको पर्खाल तोड्दै समतामूलक समाज निर्माण गर्ने अभियानको प्रारम्भ गरेको अन्तरजातीय जोडीलाई एक बनाउन न्यायप्रेमी जनसमुदाय एक हुनुपर्छ ।'

जिल्ला प्रहरी कार्यालयमा सोमबार मानवअधिकारकर्मी, दलित अधिकारकर्मी र केटी पक्षबीच सहमति हुन नसकेपछि प्रहरीले केटा पक्षको जिम्मा लगाउन नसक्ने भन्दै पुण्यवतीलाई अल्पकालीन सेवाकेन्द्रमा पठाएको छ । 'प्रहरीले हामीलाई जिम्मा दिन मानेन,' दलित अधिकारकर्मी यामबहादुर चर्मकारले भने, 'यस विषयमा कानुनी बाटो अपनाएर जाने तयारीमा छौँ ।' केटी पक्षबाट कोही नआएका कारण पुण्यवतीलाई अल्पकालीन सेवाकेन्द्रमा पठाउनु परेको बाग्लुङका प्रहरी नायव उपरीक्षक विकासराज खनालले बताए ।

0 comments: