काठमाडौं, असार ३० (नागरिक)- उपप्रधान मन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइराला माओवादीसहितको सहमतीय सरकारको पक्षमा प्रस्तुत भएकी छन्। बुधबारको कांग्रेस केन्द्रीय समितिको बैठकमा बोल्दै कोइरालाले माओवादीसहितको सहमतिको सरकारले मात्र शान्ति प्रक्रिया टुङ्गोमा पुर्याउँदै संविधान निर्माण गर्न सक्ने उल्लेख गरिन्। स्रोतका अनुसार बहुमतीय सरकारमा जान नहुने धारणा कोइरालाले राखेपछि बुधबार केन्द्रीय समितिको बैठक स्थगित भएको छ।
बुधबारको केन्द्रीय समिति बैठकमा बोल्दै कोइरालाले माओवादीलाई 'वाइपास' गरेर मुलुकका समस्या समाधान गर्न नसकिने उल्लेख गरिन्।
माओवादीले अघि सारेको सहमतिको प्रस्ताव अस्वीकार गर्दै कांग्रेस बहुमतीय सरकार गठनको अभियानमा लागिरहेको बेला सुजाताको भनाइ बाहिर आएको हो। बृहत शान्ति सम्झौताको कार्यन्वयन अघि माओवादीले सरकारको नेतृत्व दिनु नहुने भन्दै कांग्रेस आफ्नै नेतृत्वमा सरकार गठनको अभियानमा छ।
'कांग्रेसले आफ्नो नेतृत्वको बहुमतीय सरकारको तयारी गर्दा पहिला शान्ति प्रकृया र संविधान निर्माणको कार्य अघि बढ्न सक्छ कि सक्दैन भन्ने कुराको मुल्यांकन गरिनुपर्छ'- बैठकपछि मिडियाकर्मीसँग उनले भनिन्।
Wednesday, July 14, 2010
माओवादीसहितको सरकारको पक्षमा सुजाता
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment